तातोपानी पारीको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द « Khabarhub

तातोपानी पारीको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ । 

सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएका हुन् । 

‘हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ’, पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भने, ‘हामीले केही समयको लागि झाङ्मु पोर्ट बन्द गरेका छौँ , कहिले खोल्छौँ भन्ने जानकारी अर्को इमेलमा गराउनेछौँ भनिएको छ ।’

रसुवामा आएको बाढीजस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढी आउनसक्ने अनुमान गरेर चिनियाँ पक्षले नाकाबन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ । 

उनका अनुसार चिनियाँ अधिकारीले रसुवा बाढी र त्यसले पुर्‍याएको क्षतिलाई मध्यनजर गरी झाङ्मु पोर्टबाट भन्सार कार्य बन्द गर्नुको साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ । 

चिनियाँपक्षले सेप्टेम्बर ३ तारिकसम्म खासामा निर्माण कार्य गर्नुपर्ने भएकाले केही दिन अघिदेखि कन्टेनर पठाउन रोक्ने निर्णय गरेको थियो । चिनियाँ पक्षले कार्गो आवागमनसमेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ । नाका कहिलेदेखि पुनः सञ्चालन हुनेबारे बताइएको छैन । 

भन्सार अधिकृत पाण्डेले चिनियाँपक्षले खुल्ने बित्तिकै नयाँ सूचना दिने बताएको जानकारी दिए । रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो । 

तातोपानी नाकासमेत बन्द भएपछि नेपाल–चीन व्यापारको विकल्प साघुँरिएको छ । दशैँ र तिहार नजिकै आएको अवस्थामा यो निर्णयले नेपाललाई असर पर्ने यहाँका व्यवसायीहरुको भनाइ छ । न्यालम काउन्टीमा रहेको झाङ्मु पोर्टवारीको तातोपानी नाकाबाट असार ३१ मा आएको पहिरोका कारण दुई देशबीच आयात निर्यात हुन सकेको थिएन । 

अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे कोदारी खण्डको २६ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरोले सडक बिग्रिएपछि नाकाबाट ढुवानी लगभग बन्द जस्तै थियो ।

सडक विभागले टोली खटाएर मर्मतको काम गरेपछि ४० दिनपछि अस्थायी रुपमा सडक सञ्चालन भएको थियो । त्यसपछि पछिल्लो पटक भदौ १२ गते तातोपानी नाकाबाट आठवटा कन्टेनर नेपाल भित्रिएका थिए ।

झाङ्मु पोर्ट बन्दगरिए पछि नेपाल भित्रने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन् । लामो समयदेखि काम विहीन भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीसमेत बिचल्लीमा परेका छन् । 

खासा भन्दा माथि न्यालम र थिङ्रीमा फलफूलबोकेका ६० वटा कन्टेनर ४५ दिनदेखि अलपत्र परेका छन् । ती फलफूल एसी कन्टेनरमा भएकाले सुरक्षित छन् । तर, लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण मूल्य वृद्धि हुने अवस्था रहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका उपाध्यक्ष सुजित बस्नेतले बताए।

उनका अनुसार ४० करोड रुपैयाँ बराबरको फलफूल चिनियाँ क्षेत्रमा छ । दशैँ–तिहार लक्षित फलफूल आयातमा यसपटक धेरै समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
 

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  १२ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित