रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित « Khabarhub

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला सीमा नाका सञ्चालन भएसँगै सीमावर्ती क्षेत्रका स्थानीय व्यापार तथा दैनिक उपभोग्य सामग्री खरिदका लागि सिजाङ आवतजावत गर्न थालेका छन् ।

वर्षौंदेखि सीमापार व्यापारमा निर्भर स्थानीयले यार्सागुम्बा, वन लसुनलगायत जडीबुटी तिब्बततर्फ बिक्री गर्ने तथा त्यहाँबाट खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य सामग्री नेपाल ल्याउने गरेका छन् ।

नाका खुलेसँगै व्यापारिक गतिविधि केही बढेको जसबाट स्थानीय हर्षित भएका चुमनुब्रीका व्यापारी पासाङ लामाले बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सीमावर्ती भेगका बासिन्दाको सहज आवागमनका निम्ति जिल्ला प्रशासन कार्यालयले सक्रिय रूपमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । प्रवेशपत्र जारी तथा परिचयपत्र नवीकरण इलाका प्रशासन कार्यालयबाट समेत हुँदै आएको छ ।

सीमा प्रशासनका प्रक्रिया सरल तुल्याउनेदेखि प्रशासकीय सहयोगसम्मका कामलाई प्राथमिकताका साथ सम्पादन गरिएको जानकारी दिँदै उले गत आर्थिक वर्षमा १९७ नयाँ प्रवेश पास जारी तथा ४०४ वटा त्यस्ता पास नवीकरण गरिएको बताए । सीमा क्षेत्रमा बस्ती पातलो भएकाले व्यापारिक गतिविधि पनि कम हुने गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ९ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित