पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने « Khabarhub

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को निर्देशन कार्यान्वयन, प्रदेश सुरक्षा समन्वय समिति, मधेस प्रदेश बैठकको निर्णयमाथी छलफल गरी निर्देशन बुँदागत रूपमा सम्बन्धित सरोकारबालसँगको सहकार्य, समन्वय, सहजीकरण र सहभागितामा तत्काल कार्यान्वयन गर्ने र सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको हो ।

गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा)ले बिहीवार पछिल्ला घटनाक्रमलाई सुक्ष्म निगरानी र विश्लेषण गर्दै सुरक्षा निकायले सक्रियतापूर्वक समन्वयात्मक ढङ्गले सुरक्षा व्यवस्था मजबुत र सुदृढ बनाउने तथा सुरक्षात्मक कारवाहीमा संयमतापूर्वक सुरक्षाकर्मीको परिचालन गर्ने लगायतको निर्देशन जारी गरेको थियो ।

बैठकले पछिल्लो समय देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण पर्सा जिल्लामा देखिन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै शुक्रबार साँझ ५ बजेदेखि आज बिहान ६ बजेसम्म बीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ५ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित