थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा « Khabarhub

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो लडाइँ समाप्त भएको केही दिन पछि थाइल्यान्डले बुधबार १८ जना कम्बोडियाली सैनिकहरूलाई युद्धबन्दीको रूपमा रिहा गरेको छ ।

दक्षिणपूर्वी एसियाली छिमेकीहरू बिचको पुरानो सीमा विवाद यस वर्ष धेरै पटक सैन्य झडपमा परिणत हुँदा डिसेम्बरमा पछिल्लो चरणको लडाइँमा दर्जनौं मानिस मारिए र दस लाख भन्दा बढी विस्थापित भए ।

कम्बोडियाको  सरकारी टेलिभिजनले देखाएको भिडियोमा रिहा भएका  सैनिकहरू मध्ये केही मुस्कुराएका केहिले हात मिलाइएको र केहिले अङ्कमाल गर्दै सीमावर्ती प्रान्तमा बसको झ्यालबाट भीडलाई उत्साहित गर्न इसारा गरेको देखिएको छ । 

बन्दी सैनिकहरूका परिवारले परिवारको मिलनमा खुसी व्यक्त गर्दै भेट्ने प्रतीक्षा गरिरहेका छन् भने कम्बोडियाको रक्षा मन्त्रालयले १५५ दिनसम्म हिरासतमा राखिए पछि बुधबार १८ जना सैनिकलाई “रिहा गरी सुरक्षित रूपमा मातृभूमिमा फिर्ता गरिएको बताएको छ ।

थाइल्यान्डको विदेश मन्त्रालयले पनि उनीहरूको स्वदेश फिर्तीको पुष्टि गर्दै सद्भावना र विश्वास प्रदर्शनको गरेको बताएको छ । दक्षिणपूर्वी एसियाली छिमेकीहरू शनिबार युद्धविरामका लागि सहमत भएसँगै झडपहरू–तोपखानाको बमबारी र हवाई आक्रमण बन्द भएको जनाइएको छ । 

द्वन्द्व उनीहरूको ८०० किलोमिटर सिमानाको औपनिवेशिक युगको सीमांकनलाई लिएर क्षेत्रीय विवादबाट उत्पन्न भएको हो, जहाँ दुवै पक्षले शताब्दीयौँ पुरानो मन्दिरका भग्नावशेषहरू दावी गरेका छन् ।

शनिबार हस्ताक्षर गरिएको युद्धविराम अन्तर्गत कम्बोडिया र थाइल्यान्डले युद्धविराम गर्ने, सेनाको गतिविधि रोक्ने र आफ्नो सीमामा सुरक्षा प्रयासमा सहयोग गर्ने वाचा गरेका छन् । 

उनीहरूले सीमावर्ती क्षेत्रबाट विस्थापित नागरिकहरूलाई लामो युद्धबाट सकेसम्म चाँडो घर फर्कन अनुमति दिन पनि सहमत भए, सहमति बमोजिम थाइल्यान्डले युद्धविराम पछि १८ जना बन्दी कम्बोडियाली सैनिकहरूलाई ७२ घण्टा भित्र फिर्ता गर्नुपर्ने थियो ।

कम्बोडियाले जुलाई–२९ मा आफ्ना सैनिकहरूलाई थाई सेनाले कब्जा गरेको बताएको छ–युद्धविरामको लगभग आठ घण्टा पछि पाँच दिनको घातक झडपहरू रोकिएका जनाइएको छ । 

पाँच महिना पछि, थाइल्यान्डले कम्बोडियालाई आफ्नो इलाकामा २५० भन्दा बढी ड्रोन उडाएर सम्झौता उल्लङ्घन गरेको आरोप लगाए पछि, युद्धविराम समाप्त भएको थियो । 

बुधबार नोम पेन्हबाट कम्बोडियाका सूचना तथा सञ्चार मन्त्री नेथ फेक्ट्राले आफ्ना १८ वीर सैनिकहरू कम्बोडियाको भूमिमा फर्किएको पुष्टि गरेका छन् ।  

मानवीय पर्यवेक्षकका रूपमा सैनिकहरूको फिर्तीलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय रेड क्रस समिति ९आइसीआरसी० ले उनीहरूको रिहाइलाई स्वागत गरेको छ ।

आईसीआरसीका अध्यक्ष मिर्जाना स्पोल्जारिकले विज्ञप्ति मार्फत उनीहरूको घर फिर्तिले परिवारहरूलाई पुनर्मिलन गर्न र दुई देशहरू बीच विश्वास निर्माण गर्न अनुमति दिइ स्थायी शान्तिको मार्गलाई समर्थन गरेको बताए ।  

 यस अघि संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले जुलाईमा कम्बोडिया र थाइल्यान्डबिचको लडाइँ अन्त्य गर्न मध्यस्थता गरेको थियो, यद्देपी युद्धविराम भने अल्पकालीन थियो ।

अक्टोबरमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छिमेकीहरूले आफ्नो युद्धविराम लम्ब्याउन सहमत भए पछि नयाँ व्यापार सम्झौताहरूको चर्चा गर्दै घोषणामा हस्ताक्षरको निरीक्षण गर्न मलेसिया गएका थिए ।  

सम्झौताले थाइल्यान्डले कब्जा गरिएका कम्बोडियाली सैनिकहरूलाई युद्धको बन्दी भन्दै तुरुन्तै रिहा गर्ने बताएको थियो । तर सीमामा गस्ती गर्दा थाई सैनिकहरू वारुती सुरुङमा घाइते भएपछि ब्याङ्ककले सम्झौता स्थगित गरेको थियो ।  

दुई देश शनिबार लडाइँ रोक्न सहमत भए पनि उनीहरूले अझै पनि आफ्नो विवादित सीमाको सीमांकन समाधान गर्न आवश्यक रहेको जनाइएको छ ।

कम्बोडियाले सोमबार थाइल्यान्डलाई जनवरीको सुरुमा कम्बोडियामा हुने द्विपक्षीय बैठकमा सामेल हुन सर्वेक्षण र सीमांकन कार्यबारे छलफल गर्न र जारी राख्न आह्वान गरेको बताएको छ ।

तर थाइल्यान्डले फेब्रुअरीमा आम चुनाव सम्पन्न गरेपछि अर्को सरकारको लागि कार्य पर्खनु पर्ने हुन सक्ने मंगलबार बताएको छ ।
 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ४ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित