राष्ट्रिय व्यावसायिक पहलको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित « Khabarhub

राष्ट्रिय व्यावसायिक पहलको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय व्यावसायिक पहलको हालै काठमाडौमा सम्पन्न १९औँ वार्षिक साधारण सभामा अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित भएका छन् । भाद्र १३ गते काठमाडौंमा सम्पन्न सभाले अध्यक्ष जोशीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा शकुन्तलाल हिराचन, महासचिवमा सुरेन्दवीर मालाकार, कोषाध्यक्षमा सरोज प्रसाद पाण्डे, सचिवद्वयमा सुरेश प्रधान तथा डा. बविन पोखरेल एवं सह–कोषाध्यक्षमा राजेश खड्का निर्वाचित भएका छन् । 

त्यसै गरी कार्यसमितिका सदस्यहरूमा शिवप्रसाद घिमिरे, रमेश शर्मा, रविन्द्रमान सिंह प्रधान, लता प्याकुरेल, अरनिको राजभण्डारी, खेम लकाई, सरिता महर्जन, तथा संस्थागत तर्फबाट नेपाल हस्तकला महासंघ (राजमान बज्राचार्य) र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (महेश कुमार बस्नेत) निर्वाचित भएका हुन् । 

साधारण सभाले राजेशबाबु श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, डा. राजेन्द्रकुमार घिसिङ, होमनाथ उपाध्याय तथा सनम शाक्यलाई कार्यसमिति सदस्यका रूपमा मनोनीत गरेको छ ।

संस्थाका नवनिर्वाचित अध्यक्ष कुशकुमार जोशीले सम्पूर्ण निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई बधाई ज्ञापन गरेका थिए । साथै उनले सभाले पारित गरेका दूरगामी महत्वका निर्णय कार्यान्वयनमा कार्यसमिति पूर्णतः प्रतिबद्ध रहने जानकारी गराउँदै कार्यसमितिमा व्यावसायिक क्षेत्रका अनुभवी व्यक्तित्वको प्रतिनिधित्व निर्वाचित भएकाले संस्थाले आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम हुनेमा आशा व्यक्त गरे ।

महासचिव सुरेन्द्रवीर मालाकारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अवधारणा पत्र तयार, राष्ट्रिय मानव अधिकार आयोगसँग भएको छलफल, युएसएआईडी तथा युएनडिपी लगायतका दातृ निकायसँगको सहकार्यमा व्यवसाय तथा मानव अधिकार सम्बन्धमा भएका कार्यक्रम, आचारसंहिताको अनुगमन लगायत गत आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका मुख्य गतिविधिहरूबारे जानकारी गराएका थिए भने सभाले आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो।

कार्यक्रममा पूर्वमन्त्री एवं राष्ट्रिय व्यावसायिक पहलका सल्लाहकार उमेश श्रेष्ठले कार्यसमितिलाई सफलताको शुभकामना दिँदै मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको र निजी क्षेत्रमा आत्मविश्वास सिर्जना हुन नसकिरहेको परिप्रेक्ष्यमा आर्थिक अवस्था सुधारका लागि ठूला परियोजनाहरू सञ्चालन गर्न आवश्यक रहेको र यसका लागि वातावरण निर्माणमा पहलले आवश्यक भूमिका खेल्नुपर्ने एवं संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

त्यसैगरी संस्थापक अध्यक्ष पद्म ज्योतिले नेपाल विकासोन्मुख मुलुकको श्रेणीमा स्तरोन्नति हुन गइरहेको अवस्थामा व्यवसायीले यससँग सम्बन्धित दुवै अवसर र चुनौतीको सामना गर्नुपर्ने यथार्थलाई बोध गर्दै सम्पूर्ण निजी क्षेत्र रणनीतिक रूपमा कसरी अगाडि बढ्न सक्छ भन्ने विषयलाई पहलले महत्वका साथ उठान गर्नुपर्ने सुझाव दिए ।

तत्कालीन द्वन्द्वरत अवस्थामा सामाजिक आर्थिक विकाशको माध्यमबाट मुलुकमा दिगो शान्ति स्थापना गर्ने मुख्य अभिप्रायले वरिष्ठ उद्यमी पद्म ज्योतिको संयोजकत्वमा स्थापना भएको राष्ट्रिय व्यावसायिक पहलले करिब दुई दशकको अवधिमा मुलुकको आर्थिक सामाजिक विकाशमा सशक्त भूमिका निर्वाह गर्न सफल भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व, दिगो विकाश, स्वच्छ व्यवसाय प्रवर्द्धन, आचार संहिता निर्माण जस्ता संस्थाका आधारभूत मान्यतालाई निरन्तरता दिँदै पहलले निजी क्षेत्रको क्षमता विकाश, व्यवसायमा मानव अधिकार, विपद् व्यवस्थापन लगायत औद्योगिक व्यावसायिक वातावरण निर्माणमा सहयोग पुर्‍याउने समसामयिक विषयमा नीतिगत बहस पैरवीमा सक्रिय हुँदै आइरहेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ४ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित