‘कर्मचारीलाई क्षमताअनुसार परिचालन गर्नु आवश्यक’ « Khabarhub

‘कर्मचारीलाई क्षमताअनुसार परिचालन गर्नु आवश्यक’


१७ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको क्षमताअनुसार परिचालन गरेमा न्यायपालिकाले उचित लाभ हासिल गर्ने बताएका छन् ।

न्यायपालिका अधिकृत समाजको आज ललितपुरमा आयोजित पाँचौँ वार्षिक साधारणसभाको उद्‌घाटन समारोहमा अधिकृत समाजलाई संस्थागत उन्नयन र सामूहिक एकतामा आधारित रहेर काम गर्ने क्षमता मिलोस् भनी शुभकामना व्यक्त गरे । देशभरिका अधिकृतले अपनत्व लिनसक्ने संस्थाको रूपमा अधिकृत समाज विकास हुनुपर्ने उनको भनाइ छ ।

न्यायपालिकामा क्रियाशील अधिकृतमा व्यवस्थापनदेखि प्रशासकसम्म समन्वय गर्नसक्ने भूमिका रहने बताउँदै राउतले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सबै न्यायालयका कर्मचारीलाई आग्रह गरे। 

मुद्दा फछ्र्यौट, पेसी व्यवस्थापनमा उत्साह र क्रियाशीलता आवश्यक रहेको बताउँदै उनले संसदीय समितिमा दुई वर्षभित्र दुई वर्षभन्दा बढी अवधिका मुद्दा शून्यमा झार्ने प्रतिबद्धता जनाएकाले सो उपलब्धि हासिल गर्न समन्वय र सहयोग गर्न सबैलाई अनुरोध गरे ।

प्रधानन्यायाधीश राउतले अधिकृत समाजले संस्थागत उन्नयन र सामूहिक एकताका आधारित रहेर काम गर्नुपर्नेमा जोड दिँदै न्याय क्षेत्रमा काम गर्ने अधिकृत समग्र न्यायपालिकाको ऐना भएकाले सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने धारणा राखे। न्याय क्षेत्र गरिमामय सेवा भएको बताउँदै उनले न्याय सेवाका कर्मचारीप्रति राष्ट्र र समाजले विश्वास गर्ने भएकाले हामी इमानदार र निष्ठावान् हुनुपर्नेमा जोड दिए । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकाको गरिमा उच्च राख्न मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलन कायम गरेको जनाउँदै यसको गरिमालाई उच्च राख्न न्यायपालिका इमान्दार र पारदर्शी हुनुपर्ने धारणा राखे ।

न्यायपालिका अधिकृत समाजका संस्थापक अध्यक्ष न्यायाधीश विनोद शर्माले न्यायपालिकाको मेरुदण्ड अधिकृत भएको भन्दै अधिकृत मजबुत भए मात्रै न्यायसम्पादन सहज हुने बताए । अधिकृतले आफ्नो आवाज प्रतिबिम्बित गर्ने उपयुक्त माध्यम अधिकृत समाज रहेको उनको भनाइ छ ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले न्यायपालिकामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकृतले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै  तार्किक निष्कर्षमा पुर्‍याउने काम अधिकृतको भएको जानकारी दिए । उनले न्यायपालिकाका अधिकृतले काम र निष्ठाले न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै अधिकृतहरू न्यायपालिकाको कर्मशील व्यक्तित्व भएका धारणा राखे ।

सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले न्यायसेवा क्षेत्रको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले न्यायपालिका अधिकृत समाजको स्थापना भएको जानकारी गराउँदै अवसरमा भन्दा पनि जिम्मेवारीलाई ध्यान दिएर लगनशीलतापूर्वक काम गर्न सबै कर्मचारीलाई आग्रह गरे ।

न्यायपरिषद्का सचिव यमबहादुर बुढाले ज्ञान, सीप र क्षमतालाई अधिकतम उपयोग गर्न न्यायपालिकाले ध्यान दिनुपर्ने बताए। उनले न्यायपालिकामा आउने सेवाग्राहीलाई सहज र शीघ्र, निष्पक्ष, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरेर सकारात्मक छाप छोड्नुपर्नेमा जोड दिए ।

सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले साधारणसभाले भावी नेतृत्व चयन गर्दै कर्मचारीमा आपसी सद्भाव र समन्वय कायम गर्न मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे।  

न्यायपालिका अधिकृत समाजका अध्यक्ष बाबुराम दाहालले न्यायपालिकाको निष्ठा र गरिमालाई उच्च राख्न सधैँ प्रयास गरिरहने प्रतिबद्धता जनाए। महासचिव अशोककुमार क्षेत्रीले विसं २०६५ मा स्थापित यस समाजको पाँचौँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने जानकारी दिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ७ : २५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित