जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष « Khabarhub

जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा सम्पन्न भएको छ । भैरहवाको रमादा होटलमा बसेको बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत १५ जना सांसदहरू नियमित बैठकमा सहभागी थिए ।

संसद्को चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको काम कारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले संसद्मा रास्वपाले नेपाली जनताको मुद्दा स्थापित गराउन सफल रहेको बैठकको ठम्याइरहेको बताए । यस्तै भिजिट भिसा आवरणमा भएको भ्रष्टाचार, मानव बेचबिखन र मानव तस्करीको मुद्दा संसद्मा स्थापित गर्न रास्वपा सफल भएको उनले बताए ।

उनका अनुसार रास्वपा निजमति विधेयक, भ्रष्टाचारका मुद्दा, मालपोत प्रकरण लगायतका विषय अझै आन्दोलमै रहेका छ । “अहिले संसद्मा जारी संसदीय गतिविधिको समीक्षा, भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचारलाई सङ्ख्याको आधारमा सत्ता पक्षले सुनुवाइ नगरेको विषयमा पनि हामीले बहुआयमिक पक्षबाट छलफल गरेका छौँ,” सञ्चारकर्मीसँगको कुराकानीमा परियारले भन्, “संसद् जस्तो सार्वभौम कानुन निर्माण गर्ने विधायीकामा पनि कार्यपालिकालगायत अन्य पार्टीको हस्तक्षेप, संसद्मा निजामति सङ्घीय विधेयकमाथि जुन प्रकारको आक्रमण भयो, कुलिङ अफ पिरियडमा जुन किसिमको बेइमानी भयो त्यसको विषयमा रास्वपाले जनताका मुद्दा संसद्मा स्थापित गराएको छ ।”

रास्वपाले अहिले गरिरहेको हस्ताक्षर अभियानमा अहिले केन्द्रिय नेता तथा सांसदहरू भैरहवामा गएर अभियानमा सहभागी हुन आएको परियारले बताए । उनले भैरहवा विमानस्थल सञ्चालनदेखि लुम्बिनीका पर्यटन व्यवसायीको मुद्दाप्रति रास्वपा गम्भीर रहेको र यसबारे संसद्मा कुरा उठाउने आश्वासन दिए ।

भैरहवामा भएको बैठकमा भने आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको विषयमा भने कुनै छलफल नभएको उनको भनाइ थियो । उनले भने, “हामीले उम्मेदवारीको लागि आह्वान गरेका छौँ, र यो पार्टीको विषय भएकाले रुपन्देही ३ मा हुन गइरहेको उपनिर्वाचनको विषयमा संसदीय बैठकमा छलफल भएन ।”

उनले अबको आन्दोलनलाई अझ फराकिलो दायरामा गर्ने बताउँदै भ्रष्टाचारको विरोध सडक र सदनबाट गर्ने जिकिर गरे । उनले तत्कालकै लागि पार्टीको संसदीय दलको नेता परिवर्तन नगर्ने सङ्केत पनि गरे। सभापति रवि लामिछाने दोषी ठहर नभएकाले बैठकमा यस विषयमा कुनै छलफल नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १० : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित