कोशी प्रदेशसभामा सैद्धान्तिक छलफल « Khabarhub

कोशी प्रदेशसभामा सैद्धान्तिक छलफल


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको मंगलबारको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सो विधेयकमाथि विचार गरियोस् भनी सदनमा प्रस्ताव गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले पारित भयो ।

विधेयकको सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्यद्वय राधाकृष्ण खनाल र किशोरचन्द्र दुलालले आ–आफ्नो धारणा राखे । 

यसैबीच आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभामा उठेका प्रश्नहरूको  जवाफ दिँदै कोशी प्रदेशका यातायात कार्यालयलाई सुशासन र नागरिकमैत्री बनाई एकरुपता ल्याउने प्रयास भइरहेको बताए । 

उनले सुनसरीको इटहरी, मोरङको विराटनगर र झापाको विर्तामोडस्थित यातायात कार्यालयमा प्रदेश सरकारले निरोगीता जाँच गर्न चिकित्सकको व्यवस्था गरेको जानकारी दिए । 

उनले भने, ‘प्रदेश सरकारले केही दिनपछि पहाडी जिल्लाका यातायात कार्यालयमा पनि जिल्ला अस्पतालसँग समन्वय गरी सरकारी चिकित्सक राख्ने तयारी छ ।’

यातायात कार्यालयमा हुने चलखेल रोक्न अहिलेसम्म ४४ बिचोलियालाई कारबाही गरेको जानकारी दिँदै मन्त्री भण्डारीले प्रत्येक कार्यालयमा निःशुल्क नागरिक सहायता कक्षको व्यवस्था गरिएको बताए । 

आगामी आर्थिक वर्षभित्रमा सबै यातायात कार्यालयमा विद्युतीय प्रणाली सेवा सुरु हुने जानकारी दिँदै उनले सवारी अनुमतिपत्र लिन जाने सेवाग्राहीले तिर्नुपर्ने शुल्कमा एकरूपता ल्याई ३०० रुपैयाँ निर्धारण भएको छ भने ।

सवारी अनुमति प्रमाणपत्र लिने सेवाग्राहीले जाँच दिएकै दिन परिणाम घोषणा हुने व्यवस्था मिलाइसकेको मन्त्री भण्डारीले बताए  । 

मालपोत कार्यालयमा नामसारी वा रजिष्ट्रेसन गर्दा महिलाले महिला भएको पालिकाबाट सिफारिस लिनुपर्ने सामान्य त्रुटिको कारण भए पनि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सिफारिस लिनु नपर्ने परिपत्र जारी भइसकेको जानकारी दिँदै मन्त्री भण्डारीले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चालक अनुमतिपत्रमा कडाइ गरेको उल्लेख गरे । 

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरू सपना दर्जी, लखीकुमारी गणेश, इस्राइल मन्सुरी, रमेशकुमार बस्नेत, निरादेवी खनाल, खिनु लङ्वा लिम्बू र गोम्बु शेर्पाले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित