उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी « Khabarhub

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्ने बताएका छन् ।

कृषि विभागले आज आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले मुलुकमा दिगो र समृद्ध अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताए । कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले कृषि पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले कृषक कल्याणका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउन उनीहरूको जीवनस्तर सुधार गर्नुपर्ने त्यसका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताए । उनले धान बालीको उत्पादनमा सुधार ल्याइ खाद्य सुरक्षामा योगदान पु¥याउनुपर्नेमा जोड दिँदै, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताए।

कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रलगायत संस्थाको समन्वयमा भएको महोत्सवमा धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिएका थिए । प्रत्येक वर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको विभागले ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित