इजरायली आक्रमणबाट गाजामा ४४ जनाको मृत्यु « Khabarhub

इजरायली आक्रमणबाट गाजामा ४४ जनाको मृत्यु


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यालेस्टिनी क्षेत्र – इजरायली आक्रमणमा परी गाजा पट्टीमा बिहीबार कम्तीमा ४४ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

दुई महिनाभन्दा लामो नाकाबन्दीपछि अन्ततः गाजामा सहायता फिर्ता आउन थालेको छ तर १८ महिनाको विनाशकारी युद्धपछि मानवीय स्थिति अझै भयावह छ। खाद्य सुरक्षा विज्ञहरुका अनुसार हरेक पाँच जनामध्ये एक जना भोकमरीको चपेटामा परेका छन् ।

सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि इजरायली सेनाले पनि हमासको विनाशका लागि नयाँ प्रयास गरेको भन्दै उक्त क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ ।

गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भने, “इजरायली आक्रमणमा ४४ जनाको मृत्यु भएको छ, जसमा २३ जना अल–बुरेजस्थित एक घरमा भएको आक्रमणमा मारिएका छन् ।”

“दक्षिणी गाजा पट्टीको मोराग क्षेत्रमा रहेको अमेरिकी सहायता केन्द्र नजिकै आज बिहान इजरायली सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन्,” उनले भने।

अमेरिका समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित यो केन्द्र हमासको हातबाट आपूर्तिलाई टाढा राख्नको लागि सहायता वितरणको लागि नयाँ प्रणालीको एक हिस्सा हो । संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घबाट यसको आलोचना भएको छ।

“हामीमाथि जे भइरहेको छ, त्यो अपमानजनक छ। भीडले हामीलाई अपमानित गरिरहेको छ,” बिहीबार जीएचएफ केन्द्रको भ्रमण गरेकी गाजाकी स्थानीय सोभी अरिफले भन्नुभयो ।

“आफ्ना बच्चाहरूलाई खुवाउनको लागि एक बोरा मैदा प्राप्त गर्न हामी त्यहाँ जान्छौँ र हाम्रो जीवनलाई जोखिममा पार्छौँ ।”

इजरायली सेनाले अल–बुरेज र सहायता केन्द्र नजिकै भएको मृत्युको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले भनेको छ, “बुधबार गाजा पट्टीमा दर्जनौँ आतङ्कवादी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।”

युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग बिहीबार भएको टेलिफोन वार्तामा जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलको ‘व्यवस्थित भोकमरी रणनीतिले सबै नैतिक र कानुनी सीमा नाघेको’ बताउनुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ८ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित