परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग « Khabarhub

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ ।

यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो ।

सङ्घद्वारा आयोजित ‘गण्डकी प्रदेशमा परिवार नियोजन  एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवस्था’ विषयक पैरवी कार्यक्रमका सहभागीहरूले सो आग्रह गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सुनिश्चितता गराउनुपर्नेमा जोड दिए ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले कार्यक्रमको शुभारम्भ गर्दै  प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चितता गराउने जानकारी दिँदै प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजनसमेत गरिने बताए ।

उनले भने, ‘प्रदेश सरकारले सबै जनतामा गुणस्तरीय स्वास्थ्यको पहुँच अभिवृद्धि गर्न उच्च प्राथमिकता एवं लगानी गरेको छ । यस क्रममा परिवार व्यवस्थापन एवं  यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी वृद्धि गरिने छ ।’

मन्त्री पाठकले गण्डकी प्रदेशमा परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि नेपाल परिवार नियोजन सङ्घले गरिरहेको सेवाको प्रशंसा गर्दै अगामी दिनमा सेवा जारी राख्न सङ्घलाई आग्रह गरे । उनले प्रदेश सरकारले सङ्घलाई सहयोग गर्ने जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रुचाल, राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, प्रदेशसभा सदस्यहरू सरस्वती गुरुङ, प्रकाश बराल, देवका पहारी, गणेशमान गुरुङ र नन्दकला नेपालीले  यौन तथा प्रजनन स्वास्थ्य  अधिकार बारेमा प्रतिबद्धता जनाउँदै परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न ध्यान दिन आग्रह गर्नुभयो ।

उनीहरुले यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी नीति तर्जुमा र बजेट विनियोजन गर्न समेत सहयोग गर्ने बताए ।

यसैगरी प्रदेश नीति तथा योजनाका सदस्य दुर्गा अधिकारी र स्वास्थ्यकर्मी विद्या कोइरालाले यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई कार्यान्वयनमा लैजान मिलेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना, प्रजनन स्वास्थ्य अधिकार अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेशमा लैङ्गिक असमानता दर बढेको बताए । उनका अनुसार ४५ हजार छोरा जन्मिएकोमा ३९ हजार छोरी छन् ।

नेपाल परिवार नियोजन सङ्घका अनुगमन मूल्याङ्कन निर्देशक चेतराज जोशीले परिवार योजनामा लगानी गर्दाका फाइदा एवं विपद्का समयमा परिवार व्यवस्थापन तथा प्रजनन स्वास्थ्य सेवाका आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

सोही कार्यक्रममा मन्त्री स्वास्थ्यमन्त्री पाठकले गण्डकी प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चितता गराउने एवं प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजन गर्नका लागि लिखित प्रतिबद्धता जनाएका थिए ।

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ कास्की शाखाका सभापति नवीन सिग्देलले सङ्घले गरिरहेका कामका बारेमा जानकारी दिँदै परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्यका बारेमा ग्रामीणस्तरमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । (रासस)

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित