भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन सोविताको आह्वान « Khabarhub

भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन सोविताको आह्वान


१४ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी छन् । 

गृहमन्त्री रमेश लेखक नै विवादमा परेपछि उनले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी हुन् ।  

सांसद गौतमले भिजिट भिसामा गएका नेपालीलाई आफू विदेश जाँदा अध्यागमन कार्यालयमा दिइएको घुसको विवरण उपलब्ध गराइदिन समेत आग्रह गरेकी छन् । 

‘भिजिट भिसाामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ ः विदेश जानुअघि वा पछि तपाईँलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घुस तिर्न बाध्य बनायो ?,’ उनले फेसबुकमा लेखेकी छन्, ‘यदि तपाईँसँग प्रमाण छ भने, कृपया मलाई सोविताआरएसपी एटदरेट जिमेल डटकम ( sobitarsp@gmail.com) मा पठाइदिनुहोस् ।’

सांसद सोविताले अन्याय सहेर बस्ने नभएर बोल्ने र बदल्ने समय आएको पनि फेसबुकमा भनेकी छन् । ‘अन्याय सहेर बस्ने होइन, बोल्ने र बदल्ने समय आएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हौँ,’ उनले लेखेकी छन् ।

यस्तो छ उनको स्ट्याटस :

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  २ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित