हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ « Khabarhub

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । आज बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका छन् ।

चुमनुब्री–१ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास गर्न हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएका बताए ।

“साम्दोमा रहेका होटल जम्मालमा १४ जना पर्यटकले आश्रय लिएर बसिरहेका छन्”, होटलका सञ्चालक निमादोर्जे लामाले भने, “होटल याक र धर्मशालामा गरी थप नौ जना पर्यटक लार्केपासतर्फ जान नसकी रोकिएका हुन् ।” पर्यटक जोखिम मोलेर पदयात्रा गर्न नचाहने भएकाले होटलमा आश्रय लिएर बसेका उनले बताए ।

अहिले त्यस क्षेत्रमा जमिनबाट करिब १० इन्चजति बाक्लो हिउँ जमेको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए । बाक्लो हिमपातका कारण अत्यधिक चिसो बढेको र जनजीवन प्रभावित भएको उनको भनाइ छ ।

तत्कालै हिमपात रोकिने कुनै अवस्था नरहेकाले पर्यटक अझै केही दिन साम्दोमा क्षेत्रमा रोकिनुपर्ने हुनसक्ने अनुमान गरिएको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धा चिसोका कारण घरबाहिर निस्कन नसक्नुका साथै दैनिक काम गर्न र स्थानीवासीलाई घाँसदाउरा गर्न कठिनाइ भएको लामाले बताए ।

मनकामनाबाट गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु

गोरखाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर जिल्लाको पर्यटन प्रवर्द्धनका लागि मनकामनाबाट गोरखकाली मन्दिरसम्मको पदयात्रा आजदेखि सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा सुरु गरिएको हो ।

“मनकामनाबाट गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने झक्तजन गोरखकालीसम्म पुग्ने अवस्था सृजना हुन्छ”, क्लबका अध्यक्ष विनोदकुमार बस्न्यातले भन्नुभयो, “यसले गोरखाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ ।” पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वास लिइएको उनले भने ।

मनकामना मन्दिरसम्म आउने धार्मिक पर्यटकलाई गोरखकालीसम्म पु¥याउनका पदयात्राको महत्व रहेको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बताए । उनका अनुसार उक्त पदमार्गमा मुलुकको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर, शिद्धलखन थापाको गुफा, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलो, काउँले भङ्गार, कुहिरेभिर हुँदै गोरखकाली मन्दिर पुग्न सकिन्छ ।

“मुलुकभरका नागरिक नेपाल एकीकरणको इतिहास बुझ्न एकपटक गोरखा आउनुपर्छ”, उनले भने, “हामीले गोरखा भ्रमण वर्षको घोषणा गरेर यहाँको पर्यटन प्रवर्द्धनका लागि योजना बनाएर पनि काम गरिरहेका छौँ ।”

पदयात्रामा निस्किएको टोली आज सहिद लखन गाउँपालिकामा बास बसी शनिबार गोरखकाली मन्दिरमा पुगेर यात्रा समापन गर्नेछ । क्लबले सन् २०१९ देखि हरेक वर्ष मनकामनाबाट गोरखकाली मन्दिरसम्म पदयात्रा गर्दै आएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित