अर्थसंक्षेप : साताको अन्तिम नेप्से २५ अंकले बढ्यो, चौमाला–खैराला सडक १७ वर्षपछि कालोपत्र « Khabarhub

अर्थसंक्षेप : साताको अन्तिम नेप्से २५ अंकले बढ्यो, चौमाला–खैराला सडक १७ वर्षपछि कालोपत्र


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आँधीखोला पुल : सात वर्षमा तीनपटक म्याद थप, अझै सकिएन निर्माण

स्याङ्जाको भीरकोट नगरपालिका– ४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा पनि सम्पन्न हुनसकेको छैन ।

भीरकोट– ४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन । विसं २०७५ साल असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ साल वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताए ।

चौमाला–खैराला सडक : शिलान्यास भएको १७ वर्षपछि कालोपत्र

कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्रे गर्ने काम सुरु गरेको हो ।

सो सडकको नौ सय मिटर सडक कालोपत्रे गर्नका लागि गत आर्थिक वर्ष २०८०-८१ को वैशाखमा एक करोड ९५ लाखमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंका अनुसार उक्त सडकमा नालीसहितका पूर्वाधारको काम सकेर कालोपत्रे गर्ने काम अघि बढेको छ ।

सिया रघुनाथ सदनमा अवैध भवन निर्माणमा रोक

जनकपुरधामको ऐतिहासिक सिया रघुनाथ सदन मन्दिरको जग्गामा भइरहेको अवैध भवन निर्माणमा नगरपालिकाले रोक लगाएको छ।

गुठीको जग्गामा बिना नक्सापास गैरकानूनी रूपमा निर्माण कार्य भइरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले उक्त काम तत्काल रोक्न निर्देशन दिएको हो।

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सहकार्य

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोसिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच मंगलबार लगानी व्यवसायबारेमा पारस्परिक सहयोग र सहकार्यसम्बन्धी साझेदारी सम्झौता भएको छ ।

भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) को १३ औं वार्षिक सम्मेलनमा सम्झौता भएको हो ।

साताको अन्तिम नेप्से २५ अंकले बढ्यो

साताको अन्तिम शेयर बजार आज बढेर बन्द भएको छ । आज मंगलबार भएपनि बुधबार र बिहीबार सार्वजनिक बिदा भएकाले गर्दा आज साताको अन्तिम कारोबार भएको हो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा पुगेको छ । नेप्से ०.९३ प्रतिशतले बढ्दा करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको हो ।

आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ६ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित