सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने « Khabarhub

सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी विषयमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई सम्मान गरिने भएको छ । 

सञ्चारकर्मीहरूका लागि आयोजित सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण समापनका अवसरमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले यससम्बन्धी विषयमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई प्रत्येक वर्ष पुरस्कार दिने घोषणा गरे । शुक्रबारदेखि सुरु भएको अभिमुखीकरण शनिबार समापन भएको हो । 
 
कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले ‘नेपालको सामाजिक सुरक्षाको समग्र अवस्था’ का विषयमा प्रस्तुति दिएका थिए । यसका सकारात्मक प्रभाव धेरै रहेकाले सामाजिक सुरक्षाका कमी कमजोरी सच्याउँदै जानुपर्नेमा उनले जोड दिएका थिए । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीले ‘गैह्र योगदानमा आधारित सामाजिक सुरक्षा, कानुनी प्रावधान र तथ्याङ्क व्यवस्थापन’ विषयमा पत्रकारलाई जानकारी गराएका थिए ।

सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले ‘योगदानमा आधारित सामाजिक सुरक्षा हालको अवस्था र नीतिगत प्रावधान’, सेभ द चिल्ड्रेनका हेमन्त दङ्गालले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा अवधारणा’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड’, पिआइएनका कार्यक्रम व्यवस्थापक नवीन श्रेष्ठले ‘विपद् वित्तीय व्यवस्थापन’ र कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेल र सेभ द चिल्ड्रेनका अरुण राईले ‘सञ्चारको भूमिका: सामाजिक सुरक्षा अधिकारको प्रवर्द्धन, प्रमाण सङ्कलन र नीति प्रभाव’ विषयमा प्रस्तुति दिएका थिए ।

नेपालमा प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा शीर्षकमा दुई खर्ब ५० अर्ब रुपैयाँ बजेट खर्च हुने गरेको जनाइएको छ । सामाजिक सुरक्षा क्षेत्रमा भएका समस्या समाधानका लागि सञ्चारकर्मीले निरन्तर रूपमा समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा सबै प्रस्तोताहरूले जोड दिएका थिए । 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ११ : ४५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित