इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो « Khabarhub

इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा २८ जनाको मृत्यु छ । भने आठ सय जना भन्दा धेरै घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

विस्फोटको दोस्रो दिन आइतबार पनि आगो अझै लागिरहेको समाचारमा उल्लेख छ । विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो ।

बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।

सुरक्षा मामिलामा छलफल गर्न नाम नछाप्ने सर्तमा न्युयोर्क टाइम्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्ध राख्ने एक व्यक्तिलाई उद्धृत गर्दै मिसाइलका लागि ठोस इन्धनको एक प्रमुख सामग्री सोडियम पक्र्लोरेटका कारण विस्फोट भएको बताएको छ ।

इरानी राज्य टेलिभिजनले आइतबार १८ जना मारिएको र आठ सय घाइते भएको अद्यावधिक तथ्याङ्क दिएको छ । घटनास्थलबाट लाइभ फुटेजमा अझै पनि बाक्लो कालो धुवाँ देखिन्छ ।चीनको सरकारी प्रसारक सिसिटिभीले बन्दर अब्बास वाणिज्य दूतावासलाई उद्धृत गर्दै तीन चिनियाँ नागरिक ‘हल्का घाइते’ भएको बताएको छ ।

फार्स न्युज एजेन्सीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यो लगभग ५० किलोमिटर (३० माइल) टाढाबाट महसुस र सुनिएको थियो ।इरनाका तस्बिरहरूले तेहरानबाट एक हजार किलोमिटर दक्षिणमा रहेको शाहिद रजाईमा भएको विस्फोटपछि भग्नावशेषले ढाकिएको फराकिलो मार्गमा हिँडिरहेका उद्धारकर्ताहरू र बाँचेका व्यक्तिहरू देखाइएको छ ।

ज्वालाले एउटा ट्रक ट्रेलरलाई घेरेको थियो र रगतले कुच्चिएको कारको छेउमा दाग लागेको थियो भने एउटा हेलिकप्टरले थुप्रिएका शिपिङ कन्टेनरहरूको पछाडिबाट बाक्लो कालो धुवाँका बादलहरूमा पानी खसालिरहेको थियो ।

स्थानीय आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले ‘सयौँलाई नजिकका मेडिकल सेन्टरहरूमा स्थानान्तरण गरिएको’ बताएको छ भने प्रान्तीय रक्त प्रतिस्थापन केन्द्रले दानका लागि आह्वान गरेको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले घातक विस्फोटका पीडितहरूप्रति सहानुभूति व्यक्त गर्दै ‘स्थिति र कारणहरूको अनुसन्धान गर्न आदेश जारी गरेको’ बताए । घटनास्थलमा पछि गृहमन्त्री इस्कन्दर मोमेनीले राज्य टिभीलाई भने, “अन्य सहर र तेहरानबाट सबै स्रोतहरू पठाइएको छ ।”

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित