सांसद राई पक्राउ परेको जानकारी दिइयो सभामुखलाई « Khabarhub

सांसद राई पक्राउ परेको जानकारी दिइयो सभामुखलाई


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको जानकारी सभामुख देवराज घिमिरेलाई दिएको छ।

प्रहरी नायब उपरक्षक हरि खतिवडाले कांग्रेसकी समानुपातिक सांसद राई पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएका हुन्।

 राई स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति कपनस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित