ओली जन्मिएको घरनजिकै प्रचण्डले शिलान्यास गरे ‘जनयुद्ध स्मारक‘ « Khabarhub

ओली जन्मिएको घरनजिकै प्रचण्डले शिलान्यास गरे ‘जनयुद्ध स्मारक‘


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन् ।

मङ्गलबार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका-३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास र त्यहीँ निर्मित ह्वाकू बगाले शहीद पार्क उद्घाटन गरेका हुन् ।

माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

वि.सं. २०५८ माघ १४ गते उक्त स्थानमा तत्कालीन सुरक्षा फौजले १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीयको गोली हानी हत्या गरेका थिए ।

पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणमा घाइते भएका लडाकुहरूको उपचार भइरहेको स्थानलाई घेरा हाली सुरक्षाकर्मीले आक्रमण गरेका थिए ।

उक्त स्थान प्रधानमन्त्री ओलीको गाउँ साबिकको इवा गाविस-२ तथा हालको आठराई गाउँपालिका-४ खानीगाउँ नजिकै अवस्थित छ ।

प्रमुख दुई कम्युनिस्ट घटक एमाले र माओवादीबीच सशस्त्र माओवादी युद्धलाई जनयुद्ध वा हिंसात्मक द्वन्द्व भन्ने विषयमा मतभेद जारी रहेका बेला प्रचण्डले ‌ओलीको गाउँमा जनयुद्ध स्मारकको शिलान्यास गरेका हुन् ।

उक्त क्षेत्रबाट कोशी प्रदेशसभामा माओवादी केन्द्रका दुर्गा चापागाईँ निर्वाचित भएका छन् । ओलीको जन्म घरनजिकै निर्माण हुन लागेको सङ्ग्रहालय ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ।

तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विसं २०७९ सालमा उक्त स्थानमा स्मारक र सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो।

स्मारक शिलान्यास कार्यक्रममा प्रचण्डले जनयुद्धमा पहिलो पटक ठूलो नरसंहार भएको स्थानलाई राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिने बताए।

‘यो क्षेत्रमा सङ्ग्रहालय निर्माण गरेर पूर्व क्षेत्रको ऐतिहासिक राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ,’ प्रचण्डले भने।

एमाले र कांग्रेस सम्मिलित गठबन्धनप्रति कटाक्ष गर्दै प्रचण्डले यो गठबन्धन दल र दल मिलेर नभई दलाल-दलाल मिलेर निर्माण गरेको आरोप लगाए।

शिलान्यास कार्यक्रममा उक्त घटनामा मारिएका सबै २१ जनाका परिवारका सदस्यलाई प्रचण्डले दोसल्ला ओढाएर सम्मान गरे।

प्रचण्ड जनयुद्धका समयमा पूर्वी कमान्डको सैन्य राजनीतिक नेतृत्व गरेका माओवादी उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका हुन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित