ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने « Khabarhub

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै हप्ताको अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले शुक्रबार बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले सञ्चारमाध्यमलाई दिएको जानकारीमा भनेका छन्, “यो हप्ताको अन्त्सम्म वा आइतवारसम्म फ्लोरिडामा हामी राष्ट्रपति ट्रम्पसँग बैठक गर्नेछौँ।”

अमेरिका–युक्रेन वार्ताको पछिल्लो चरणले युद्ध अन्त्यका लागि २० बुँदे योजना तयार पारेको छ र यो प्रस्ताव अध्ययनका लागि मस्को पठाइएको छ । जेलेन्स्कीले भने, “हामी यी कागजात र सुरक्षा सुनिश्चितताबारे छलफल गर्नेछौँ ।”

“संवेदनशील मुद्दाहरूको लागि, हामी डोनबास र जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको बारेमा छलफल गर्नेछौँ र हामी निश्चित रूपमा अन्य मुद्दाहरूमा पनि छलफल गर्नेछौं,” उनले थपे। जेलेन्स्कीले यस हप्ता भने , “प्रस्तावमा समावेश भएका एकाध बिषयमा किएभ र वाशिङ्गटनबीच अझै पनि असहमति रहेको छ।”

किएभले पछिल्लो योजनामा केही सहुलियतहरू प्राप्त गरेको छ । यससँगै रूसी सीमा क्षेत्रबाट सेनाफिर्ता गर्ने र किएभलाई नेटोमा सामेल हुने आफ्नो बोली कानुनी रूपमा त्याग्ने आवश्यकता हटाउने कुरा प्रस्तावमा राख्न सफल भएको छ यद्यपि। यो सको सहमतिमा भने भएको होइन ।

युक्रेनी नेताले यो योजनाले अन्ततः पूर्वी डोनेट्स्क क्षेत्रमा आफ्ना सेनाहरू फिर्ता लिने र एक असैन्यीकृत क्षेत्र स्थापना गर्ने बाटो खोल्ने सङ्केत गरे । क्रेमलिनका विदेश नीतिका सहयोगी युरी उशाकोभले अमेरिकी अधिकारीसँग टेलिफोन वार्ता गरेको र वार्ताबारे छलफल गरेको क्रेमलिनले शुक्रबार जनाएको छ । यसले वार्ताबारे विस्तृत रूपमा बताएको छैन र पछिल्लो योजनाको बारेमा आफ्नो स्थिति सङ्केत गरेको छैन।

मस्कोले अहिलेसम्म युक्रेनलाई डोनबासको पूर्वी क्षेत्रबाट पूर्ण रूपमा फिर्ता लिनु र नाटोमा सामेल हुने प्रयासहरू अन्त्य गर्नु पर्ने आफ्नो कडा क्षेत्रीय मागहरू त्याग्न थोरै झुकाव देखाएको छ। मस्कोले पश्चिमा देशहरूले युक्रेनमा शान्ति सेना तैनाथ गर्न नपाउने र व्यापक राजनीतिक र सैन्य प्रतिबन्धहरू पनि लगाउन चाहन्छ तर यसलाई किएभले यो आत्मसमर्पणको समान भएको बताउने गरेको छ।

जेलेन्स्कीले भने, “युक्रेनी वार्ताकारहरू मस्कोसँग प्रत्यक्ष सम्पर्कमा थिएनन्, तर संयुक्त राज्य अमेरिकाले मध्यस्थको रूपमा काम गरेको छ र पछिल्लो प्रस्तावमा मस्कोको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको छ।”

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : ३४ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला