एसवाई प्यानल नेपालले आईपीओ ल्याउने « Khabarhub

एसवाई प्यानल नेपालले आईपीओ ल्याउने


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियामा आधारित मल्टिनेसनल कम्पनी एसवाई ग्रुप अफ कम्पनी अन्तर्गतको एसवाई प्यानल नेपालले साधारण शेयर (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीका निर्देशक विमलराज गोसाइँले कम्पनीले आईपीओका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

चितवनमा उद्योग रहेको एसवाई ग्रुपअन्तर्गत हाल एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज, र एसवाई इन्टरटेन्टमेन्ट प्रालि लगायतका कम्पनीहरू नेपालमा सञ्चालित छन्।

कम्पनीको ब्रान्ड प्रवर्द्धनका लागि एसवाई इन्टरटेनमेन्ट प्रालिको आयोजनामा फेस अफ एसवाई (ब्राण्ड एम्बेसडर हन्ट) प्रतियोगिता सुरु गरिएको कम्पनीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ  । काठमाडौं तीनकुनेस्थित कार्यालयबाट सुरु भएको यो प्रतियोगिता जुन १, २०२५ बाट सुरु भई जनवरी ३१, २०२६ सम्म चल्नेछ ।

प्रतियोगिता चरणबद्ध रुपमा सञ्चालन हुनेछ । पहिलो चरणमा सहभागीले एसवाई थिममा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । भिडियो पोस्ट गर्दा एसवाई बजार नेपाल र एसवाई कस्मेटिक नेपाललाई ट्याग गर्नुका साथै ह्याशट्याग प्रयोग गर्नुपर्नेछ । पहिलो चरणबाट उत्कृष्ट ५ सय जनालाई छनोट गरिनेछ । उनीहरूलाई दुई हजार रुपैयाँ बराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिनेछ ।

पहिलो चरणबाट उत्कृष्ट १५० जना दोश्रो चरणमा प्रवेश गर्नेछन् । यस चरणमा उत्कृष्ट ५० जनालाई १० हजार रुपैयाँ बराबरको भौचर दिइनेछ । त्यसपछि उत्कृष्ट २५ जना फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरण काठमाडौंमा प्रत्यक्ष अडिसनका माध्यमबाट हुनेछ । फाइनलमा उत्रिने सबै २५ जनालाई तालिम दिइनेछ र विभिन्न परीक्षण चरणहरू हुनेछन् । फाइनल चरणपछि टाइटल विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप चयन गरिने कम्पनीले जानकारी दिएको छ ।

टाइटल विजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कारसहित एक करोड रुपैयाँ बराबरको एक वर्षे ब्रान्ड कन्ट्र्याक्ट पाउनेछन् । फस्ट रनरअपलाई चार लाख नगदसहित ५० लाख बराबरको कन्ट्र्याक्ट दिइनेछ भने सेकेण्ड रनरअपले तीन लाख नगदसहित ३० लाख बराबरको कन्ट्र्याक्ट पाउनेछन् । बाँकी उत्कृष्ट सात जनाले पपुल्यारिटी अवार्ड अन्तर्गत प्रति व्यक्ति डेढ लाख रुपैयाँ पुरस्कार पाउने कम्पनीले जानकारी दिएको छ । 

निर्देशक गोसाइँका अनुसार यो प्रतियोगिता कम्पनीको ब्रान्ड विस्तार र आम जनमानसमा एसवाईको पहिचान विस्तार गर्ने रणनीतिक कार्यक्रम हो । उनले सहभागी हुन निःशुल्क रहेको र विजेतालाई ठूलो अवसर र पुरस्कार प्रदान गरिने जानकारी गराए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  १२ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित