शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ « Khabarhub

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ


१० पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको प्रधानमन्त्री सुशीला कार्कीसहितको वार्तामा पहिले संसद् फर्किनुपर्ने अडान राखेको बताएका छन् ।

एघारौँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिन काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित उक्त वार्तामा यस्तो अडान राखिएको बताएका छन् ।

‘शीतल निवासमा प्रधानमन्त्री पनि आउनु भएको थियो । त्यहाँ राष्ट्रपति पौडेलको जोड चुनाव गराउनुपर्ने थियो’, उनले भने, ‘तर हामीले त्यहाँ देश अग्रगमनको बाटो गएको छैन, प्रतिगमनमा गएको छ। त्यसैले पहिले संसद् फर्किनुपर्ने कुरा राख्यौँ ।’

उनले त्यहाँ आफूहरूले प्रष्टसँग संसद् फर्किएपछि मात्रै चुनावमा जानु उचित हुने बताएको जानकारी दिए । ‘हामी प्रतिगमन विरोधी हौँ । चुनाव हुनु हुँदैन भन्ने हाम्रो कुरा होइन, प्रतिगमन हुनु हुँदैन भनेको हो’, उनले भने, ‘सकेसम्म छिटो हामीलाई संसद्को उपस्थिति चाहिन्छ । हामीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्यौँ ।’

त्यसपछि त्यहाँ अदालतले जे फैसला गर्छ, त्यसलाई मान्ने कुरा भएको पनि बताए । ‘त्यहाँ अदालतले जे फैसला गर्छ, त्यसलाई मान्ने कुरा भएको छ’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्री चुनाव गराऊँ भन्नु हुन्छ । तर खै त वातावरण बनेको ? चुनावका लागि शान्तिपूर्ण वातावरण बन्नुपर्छ।’

उनले अहिले पनि विभिन्न ठाउँमा दलका नेता-कार्यकर्ताहरूमाथि आक्रमण हुने क्रम जारी रहेको बताए । ‘नेता-कार्यकर्तामाथि आक्रमणसँगै कसैलाई कतै जान नदिने काम भएको छ। नेताहरूमाथि प्रतिबन्ध कायमै छ’, उनले भने, ‘सामाजिक सञ्जालबाट दुष्प्रचार भइरहेको छ । त्रास खडा गर्ने वातावरण बनाइएको छ।
जेन-जीका नाममा बच्चाबच्चीलाई त्रास देखाए जस्तो चलिरहेको छ।’

उनले अहिले पनि जेन-जीले तर्साउँछ भनेर मतदातालाई डर देखाइएको बताए । ‘नवयुवाहरूको नाम बेचिएको छ। जेन-जीको नाममा केही छट्टुले खाने मेलो गरेका छन्’, ओलीले थपे, ‘चुनावको वातावरण अहिले बनेको छैन । यही अवस्थामा चुनाव हुनै सक्दैन । शान्ति सुरक्षा कायम हुन सकेको छैन ।’

उनले पहिले चुनावको वातावरण सरकारले बनाउपर्नेमा जोड दिए । ‘शान्तिपूर्ण वातावरणमा चुनाव होस् भनेर हामी पर्खिरहेका छौँ’, उनले भने, ‘तर पहिले प्रतिगमन सँच्चिनुपर्छ । देशलाई अग्रगमनमा फर्काएर चुनावमा जान हामी तयार छौँ ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित