सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु


११ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन)प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । अधिवेशन अन्तर्गतको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८२-८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई (कर प्रस्तावबाहेक) सभासमक्ष प्रस्तुत गरे। 
    
बैठकमा प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई संशोधनसहित तयार पारिएको सुदूरपश्चिम स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिका सभापति दिवानसिंह विष्टले पेस गरे ।

यसअघि छैटौँ अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का खगराज भट्ट, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल, नेकपा (एकीकृत समाजवादी)पार्टीका नरेशकुमार शाही र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरे। उनीहरूले प्रदेशको विकास र समृद्धिका लागि सत्ता प्रतिपक्षी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

बैठकको प्रारम्भमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा वाचन गर्दै छैटौ अधिवेशन उपलब्धिमूलक होस् भनी शुभेच्छा व्यक्त गरे। 

अनावश्यक नियुक्ति खारेज गर्नुपर्नेलगायतका माग राखेर प्रदेशसभाको अघिल्लो अधिवेशनअन्तर्गतका बैठक प्रतिपक्षी दलका सदस्यहरूले अवरुद्ध गर्दै आएका थिए । निरन्तरका अवरोधका बीच उक्त अधिवेशन अन्त्य गरिएको थियो ।

छैटौँ अधिवेशन सुरु गर्नु अघि मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रतिपक्षीले उठाउँदै आएका समसामयिक विषयलाई प्रस्तावका रुपमा सदनमा लैजानका लागि सर्वपक्षीय समिति गठन गर्ने दलहरुबीच सहमति भएपछि सदनको अवरोध खुलेको हो ।  

प्रतिपक्षी दलले तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको विवादास्पद अडियो (श्रव्य सामग्री) प्रकरणका बारेमा छानबिन हुनुपर्ने माग उठाउँदै आएका छन् । उक्त घटनापछि तत्कालीन मन्त्री चौधरीले गत वर्ष चैतमा पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ७ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित