नदीजन्य पदार्थको अवैध उत्खनन रोक्ने प्रयास « Khabarhub

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्ने प्रयास


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको कमला नदीबाट भइरहेको अवैध उत्खननलाई रोक्न जिल्ला प्रहरी कार्यालयले कडाइका साथ प्रहरी परिचालन गरिरहेको छ । 

लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गर्दै आएका वैकल्पिक रूपमा प्रयोग गरिने बाटोलाई खनेर बन्द गर्ने, निगरानी गर्ने, उत्खननको काममा संलग्न ट्र्याक्टर तथा अन्य उपकरण नियन्त्रणमा लिनेलगायत काममा प्रहरीले सक्रियता बढाएको हो ।

पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै अवैध गिटी, बालुवाको उत्खनन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अवैध उत्खननमा संलग्न ट्र्याक्टर तथा उपकरण नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए । 

अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गर्नेलाई पटक पटक समातेर जरिवाना गरे पनि दोहन बन्द नभएपछि वैकल्पिक रूपमा प्रयोगमा आएका बाटोलाई खनेर बन्द गर्न थालेपछि उत्खनन रोकिएको उनले बताए । 

मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिका क्षेत्रभित्र पर्ने  कमला नदीको अवैध उत्खनन रोक्न प्रहरी परिचालन गरी निगरानी बढाएपछि उत्खनन नियन्त्रणमा आएको गणेशमानका नगरप्रमुख जितनारायण यादवले बताए। 

आन्तरिक समस्याले यस वर्ष ठेक्का नलागेकाले कमला नदीमा अवैध उत्खनन अत्यधिक भएकामा हाल नियन्त्रणमा आएको उनको भनाइ थियो । 

नगरप्रमुख यादवले स्थानीय तहमा दर्ता नभएका, नवीकरण नगराएका तथा लामो समयदेखि राजस्व नबुझाएका क्रसर उद्योगसमेत बन्द गराइएको उल्लेख गरे। उनका अनुसार अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा पनि माग गरिएको छ ।

केही वर्षयता धनुषाको उत्तरी क्षेत्रमा पर्ने जलाद, औरही, बडाहरी, रातु र कमला नदीबाट हुने गरेको गिटी, बालुवाको दोहन रोकथाम गर्न स्थानीय तह र प्रहरी प्रशासनलाई समस्या भएकाले जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्नुपर्ने स्थानीयको माग छ । 

क्रसर उद्योगी तथा गाउँका केही व्यक्तिले रातिको समयमा टिपर तथा ट्र्याक्टरको प्रयोग गरी अवैध रूपमा बालुवा र गिटीको उत्खनन गर्दै आएका थिए ।  

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ४ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित