रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन « Khabarhub

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– कुशेऔँसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । 

आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले सडक आश्रित ‘बा’हरूलाई आश्रममा प्रवेश गराई शनिबार सेवा शुभारम्भ गरेका थिए ।

सो अवसरमा सांसद तिमल्सिनाले आगामी दिनमा आश्रमलाई आवश्यक पर्ने बस्तुहरू सहयोग गर्ने जानकारी दिए ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्का, गढीमाई नगरपालिकाका उपप्रमुख स्मिता यादव, गरुडा नगरपालिका प्रमुख कन्थमणिप्रसाद कलवार, जिल्ला समन्वय समिति प्रमुख राम अयोध्या यादव, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा, निजानन्द धामका सन्त गुरु सुरेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी अध्यक्ष शिव आचार्यलगायतले मानव सेवा आश्रमलाई सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।  

कार्यक्रममा उक्त आश्रम सञ्चालनका लागि तीन लाख ३८ हजार १२५ रुपैयाँ बराबर नगद तथा जिन्सी सहयोग प्राप्त भएको आश्रमका मधेस प्रदेश संयोजक विवेक महतोले जानकारी दिए । 

गरुडा नगरपालिकाका प्रमुख कलवारले दुई लाख ५१ हजार रुपैयाँ नगरपालिकाको तर्फबाट र पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण यादवले ५१ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेका आश्रमका प्रदेश संयोजक महतोले बताए ।

यसैगरी कृष्ण प्रणामी युवा परिषद्ले ६० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा, जनज्योति बहुमुखी क्यामपस चन्द्रनिगाहपुरका स्ववियु सचिव साहिल पुरीले २० हजार, पशु चिकित्सक दुर्गाप्रसाद चिमोरियाले ११ हजार, प्रजापति पौडेलले ११ हजार १३०, विनोददास कथबनियाले १० हजार ५५५, अर्पणा देवकोटाले १० हजार रुपैयाँ सहयोग गरेको संयोजक महतोले जानकारी दिए । 

यस्तै, कृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति निजानन्दधाम,  पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष  कार्कीलगायतले सहयोग गरेका थिए 

आश्रममा रौतहटका छ र अन्य जिल्लाका १४ जना गरी अहिले सो आश्रममा २० जना सडक आश्रित छन् । आश्रितलाई बास र खानाको सुविधा मात्र होइन, सीप, दक्षता र क्षमता विकासमार्फत समाजमा पुनः स्थापना गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिएको उनको भनाइ छ । 

यही भदौ ५ गतेबाट सुरु गरिएको उद्धार अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि चन्द्रपुर नगरपालिका–१, बागमती मङ्गलपुरसम्म छ जना सडक मानवको उद्धार गरी आश्रममा स्थानान्तरण गरिएको छ । आश्रमका संयोजक विवेक महतोले २०८२ सालभित्रै रौतहटलाई सडक मानवरहित बनाउने लक्ष्य लिएको जानकारी दिए । रासस
 

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ११ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित