सहिद परिवारसँग भेटघाटमा अध्यक्ष प्रचण्ड « Khabarhub

सहिद परिवारसँग भेटघाटमा अध्यक्ष प्रचण्ड


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दाङमा सहिद तथा बेपत्ता परिवारसँग भेटवार्ता गरेका छन् । तुलसीपुर–८ का बटवलपुरका सहिद परिवारसँग भेटघाट गरेका हुन् । 

त्यसअवसरमा दाहालले बेपत्ता र सहिद परिवारको हितका लागि आफू सरकारमा हुँदा पहल गरेको बताए । टिआरसी विधयेक पास गर्न सफल भएकोसमेत उनको भनाइ थियो । उनले सहिद परिवारलाई भेट्न पनि गाउँगाउँमा जाने गरेको बताए । 

जहाँ एकैघरका छ जना सहिद भएका थिए । घरमै बसिरहेका अवस्थामा नेपाली सेनाले बम बिस्फोट गर्दा आमा चम्फाकली चौधरी, छोरा सीतकुमार चौधरी, छोरी कमला चौधरी, छोरा चन्द्रबहादुर चौधरी, छोरी रामकुमारी चौधरी, छोरी रिता चौधरीको घरमै बसिरहेको अवस्थामा मृत्यु भएको हो । सोही वडामा १९ जना सहिद परिवार छन् ।  

 थारू सङ्ग्रहालयको अवलोकन  

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  दाङको दङ्गीशरण–३ चखौरामा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

शुक्रबार उनले सङ्ग्रहालयको अवलोकन गर्दै दक्षिण एसियाकै राम्रो र महत्त्वपूर्ण सङ्ग्रहालय रहेको बताए ।

उनले सङ्ग्रहालयले पर्यटन, प्रवर्द्धन, थारु संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताए ।

सङ्ग्रहालयको महत्त्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए । चौधरीले थारुहरूको इतिहास जीवन्त राख्न सङ्ग्रहालयको परिकल्पना गरिएको बताए । 

सङ्ग्रहालयको अवलोकनपछि पूर्वमन्त्री रेखा शर्माले थारूको इतिहास र संस्कृति, चालचलन, रहनसहन रीतिरिवाज दर्साएको बताइन् । उक्त सङ्ग्रहालयमा देशैभरका थारु समुदायको कला, संस्कार, संस्कृति, परम्परा झल्किने खालका वस्तु राखिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : २१ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम