सशस्त्र प्रहरी रौतहटको स्थापना दिवसमा रक्तदान « Khabarhub

सशस्त्र प्रहरी रौतहटको स्थापना दिवसमा रक्तदान


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट स्थित सशस्त्र प्रहरी बल  नेपाल नम्बर ११ गण रौतहट स्थित कार्यरत जवान तथा अधिकृतहरूले रक्तदान गरेका छन् ।

सशस्त्र प्रहरी बल रौतहटको ‘१८ औ स्थापना दिवस–२०८२’ को अवसरमा  सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेक्वा रौतहटको आयोजनामा रक्तदानको आयोजना गरिएको हो ।

नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा कार्यालय गौर रौतहटको समन्वय एवं सहकार्यमा गण परिसर भित्र आयोजित रक्तदान कार्यक्रममा २८ सशस्त्र प्रहरी कर्मचारीहरूबाट रक्तदान भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले न्युज कारखानालाई बताए ।

उनका अनुसार उक्त रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत सशस्त्र प्रहरी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । रौतहट स्थित सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न किसिमका सामाजिक कार्यहरू गरिँदै आएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित