इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’ « Khabarhub

इरानको परमाणु कूटनीति ‘कठिन मोडमा’


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास ‘कठिन मोड’ मा रहेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए)ले जनाएको छ ।

आइएइएका प्रमुख राफेल ग्रोसीले सोमबार एएफपीसँग भने, “इरानको आणविक कार्यक्रमको विवाद समाधानका लागि कूटनीतिक प्रयास ‘कठिन मोड’ मा रहेको छ तर वार्ता जारी रहनेछ।”

सन् २०१५ मा इरानसँग विश्व अमेरिकासहितका विश्व शक्ति राष्ट्रले इरानसँग आणविक हतियार नियन्त्रणका लागि सम्झौता गरेका थिए । सम्झौतामा अमेरिका, रूस, चीन, फ्रान्स, बेलायत, जर्मनी र इरानले हस्ताक्षर गरेका थिए ।

तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा भएको सम्झौताबाट अमेरिकी राष्ट्रपतिमा उनका उत्तराधिकारी डोनाल्ड ट्रम्पले वार्ताले ‘अमेरिकाको पक्षमा नभएको’ भन्दै सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए । सम्झौताको एउटा प्रमुख पक्ष अमेरिका सम्झौताबाट बहिर्गमन भएपछि इरानले पनि सम्झौताका बुँदाहरूलाई क्रमिकरूपमा भङ्ग गर्दै यसबाट बाहिरिएको थियो ।

बेलायत, फ्रान्स र जर्मनीले इरानले सम्झौताको पालना नगरेको अवस्थामा सम्झौताको बदलामा हटाइएको इरानमाथिको आर्थिक प्रतिबन्धलाई जारी राख्न नसकिने भन्दै इरानमाथि आर्थिक नाकाबन्दीलाई निरन्तरता दिने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले शुक्रबार संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू गर्ने पक्षमा मतदान गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख ग्रोसीले सोमबार भन्नुभयो, “यो स्पष्ट रूपमा एकदम कठिन मोड हो। यो हामीले अहिले सामना गरिरहेको धेरै कठिन अवस्था हो।”

यसमा संलग्न पक्षहरूबीच सोमबार न्यूयोर्कमा वार्ता हुने कार्यक्रम छ । ग्रोसीले भने, “महत्त्वपूर्ण कुरा के हो भने सञ्चार जारी छ। हामी आज, सोमबार, यहाँ न्यूयोर्कमा सम्भव भएसम्म एक अर्कालाई भेट्ने योजना बनाइरहेका छौं, र अर्को हप्तामा थप बैठकहरू हुनेछन्।”

शुक्रबारको मतदानको अर्थसन् २०१५ को सम्झौतामा निर्धारित इरानको आणविक गतिविधिमा प्रतिबन्धको बदलामा निलम्बन गरिएका प्रतिबन्धहरू यदि इरानले अर्को हप्ता परिषद्लाई पछि सहमतिको आधार प्रस्तुत गर्न असफल भएमा सेप्टेम्बर २८ देखि पुनः लागु हुनेछन् ।

तेहरानले भनेको छ, “युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले अन्तर्राष्ट्रिय नियमहरूको अनुगमन पुनः सुरु गर्ने निर्णयले अन्तर्राष्ट्रिय नियमहरूको पालना सुनिश्चित गर्ने उद्देश्यका साथ आइएइएसँग महिनौँदेखि जारी वार्ता र संवादबाट निकालिएका शर्त लागु गर्ने कुरालाई कमजोर पारेको छ।”

यसै महिनाको सुरुवातमा इरान र आइएइएबीच कायरोमा भएको सम्झौताले इरानको आणविक स्थलको निरीक्षण पुनः सुरु गर्न अनुमति दिएको थियो । गत जुनमा इजरायल र अमेरिकाले आफ्नो आणविक केन्द्रमा आक्रमण गरेपछि इरानले उक्त क्षेप्यास्त्र निलम्बन गरेको थियो ।

पश्चिमा सरकारहरूले लामो समयदेखि इरानलाई आणविक हतियारको क्षमता खोजेको आरोप लगाउँदै आएका छन्, जुन महत्वाकाङ्क्षालाई तेहरानले अस्वीकार गर्दै आएको छ। तेहरानले इजरायल र अमेरिकी आक्रमणको निन्दा नगरेको भन्दै आइएइएको आलोचना पनि गर्दै आएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित