सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला « Khabarhub

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरु महिलालाई स्वरोजगार बनाउने अभियानमा छिन् । 

‘रोजगारीका निम्ति कसैको मुख नताक्ने दृढ निश्चयका साथ सुरुमा नगरपालिकाबाट सिलाइकटाइ तालिम लिएँ’, हातमा सीप भएपछि आफैँ मालिक बन्न सकिने अनुभव सनाउँदै उनले भनिन्, “एड्भान्स तालिम लिएपछि अरु दिदीबहिनीलाई सीप सिकाउन थालेकी छु । घरमै बसेर सिलाइसम्बन्धी व्यवसायसमेत गरेर गरिखाने भएकी छु ।”

मेचीनगर नगरपालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यले लघु उद्यमी समूह गठन गरेको छ । समूहमा आबद्ध महिलालाई बानियाँलगायतका प्रशिक्षकले तालिम दिँदै आएकी छन् । 

लघु उद्यमी समूह मेचीनगरकी अध्यक्ष चन्द्रकला रिजालले अचार बनाउने र च्याउ फलाउनेसम्बन्धी एडभान्स तालिम लिएका छन् । हाल उनले बिर्तामोड नगरपालिकाका महिलालाई अचार र च्याउसम्बन्धी प्रशिक्षण दिँदै आएका छन् ।

‘मैले पनि तालिम लिएरै सीप सिकेको हुँ’, उनले भने,’अधिकांश महिलाहरू घरमा बसेर आफू बेरोजगार भएको गुनासो गर्नुहुन्छ । म उहाँहरूलाई सीप सिकेर उद्यमी बन्न आग्रह गर्छु ।’

गरिबी निवारणका लागि मेचीनगरको लघु उद्यमी समूहमार्फत नगरपालिकाले १०८ जनालाई सीप सिकाएर उद्यमी बनाएको मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बताइन्। तालिम पाएका १०८ जनामध्ये १०६ जना महिला छन् ।

नगरपालिकाको तालिम पाएकाहरू अधिकांश उद्यमी बनेका छन् १२ जना प्रशिक्षक भएका छन् । उनीहरूले विर्तामोड, कचनकबल, रोङ, दमकलगायतका पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन् । लघु उद्यम समूहले सिलाइकटाइ, ‘ब्युटीपार्लर’, केश विन्यास एवं कर्तन झोला बनाउने, विद्युत् जडानलगायत व्यावसायिक तालिम दिँदै आएको छ । 

मेचीनगर वडा नं ७ का अध्यक्ष प्रह्लादमणि ओलीले सिलाइकटाइसम्बन्धी भर्खरै तालिम लिनुभएका ४३ जना महिलालाई उद्यमी बनाउनका लागि ४३ वटा सिलाइ मेसिन प्रदान गरिएको बताए। मेसिन खरिदमा नगरपालिकाले ८० प्रतिशत र लाभानुग्राहीले २० प्रतिशत लागत साझेदारी गरेका हुन् । 

हालै नगरपालिकाले सीप विकास तालिमअन्तर्गत सिलाइकटाइमा १८ जना, ब्युटीपार्लरमा चार जना, सैलुनमा चार जना, झोला बनाउनेमा २७ जना, एडभान्स झोला बनाउने तालिममा ३६ जना र विद्युत् जडानमा १५ जनालाई प्रशिक्षण दिएको छ । 

एड्भान्स तालिममा सहभागी भविता रिजालले झोला बनाउने तालिम लिएको जनाउँदै त्यसबाट जीविकोपार्जनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको बताउँदै भने, “ झोला बनाएर कमाएको रकम छोराछोरीको खाजामा उपयोग गर्दै आएकी छु ।” उनले भने, “अझै मिहेनत गरेर परिवारको गर्जो टार्न सक्ने आँट छ ।”

मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले तालिम लिएका महिला उद्यमीहरूले बनाएका झोलालगायत सामान नगरका विद्यालयमा प्रयोग गर्न अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरिने बताएका छन्। उनले उत्पादित सामग्रीको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ११ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित