जेम्स क्यामरुनको अवतार ३ को पहिलो झलक सार्वजनिक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म अवतार : फायर एन्ड ऐश आगामी डिसेम्बर १९, २०२५ मा विश्वभर रिलिज हुने भएको छ। फिल्म अवतार : फायर एन्ड ऐश को पहिलो पोस्टर ट्वेन्टीथ सेन्चुरी स्टुडियोज र डिज्नी को आधिकारिक खाताबाट आज सार्वजनिक गरिएको हो । पोस्टरमा नयाँ खलनायक वराङ को झल्को देख्न सकिन्छ, यो पात्रको भूमिका अभिनेत्री ऊना च्याप्लिनले निभाउनेछिन् ।

अवतार श्रृंखलाको तेस्रो भागका रूपमा प्रस्तुत गरिएको फायर एन्ड ऐश फिल्म ट्वेन्टीथ सेन्चुरी स्टुडियोजद्वारा निर्माण र वितरण गरिएको हो । यो फिल्म सन् २०२२ मा रिलिज भएको अवतार : द वे अफ वाटरको सिक्वेल हो ।

अवतारस् फायर एन्ड ऐश फिल्मको छायांकन अवतार : द वे अफ वाटर अर्थात् अवतार श्रृंखलाको दोस्रो भागसँगै सेप्टेम्बर २५, २०१७ मा न्युजिल्याण्डमा सुरु गरिएको थियो र लामो ३ वर्षको छायांकनपछि डिसेम्बर २०२० मा पूरा भएको थियो ।

भारतीय मिडिया अनुसार हालसम्म फिल्मको रिलिज मिति ९ पटक सारिएको छ, जसको पछिल्लो ढिलाइ अगस्ट ९, २०२४ मा भएको हो । अन्ततः, फिल्म डिसेम्बर १९, २०२५ मा रिलिज हुने निश्चित भएको छ ।

फिल्ममा पहिलेका मुख्य कलाकारहरू साम वर्थिङ्टन, जोई साल्डाना, सिगोर्ने वीभर लगायत अन्य कलाकारहरू पुनः देखिनेछन् । यो फिल्म दर्शकहरूलाई पाण्डोराको आकर्षक र अद्भुत संसारमा फेरि एकपटक लैजाने वाचा गर्छ ।

निर्माताहरूका अनुसार अवतारस् फायर एन्ड ऐश पछि थप दुई सिक्वेलहरू अवतार ४ र अवतार ५ क्रमशः सन् २०२९ र सन् २०३१ मा रिलिज हुने तयारीमा छन् । यी दुवै प्रोजेक्टहरू विभिन्न निर्माण चरणमा रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १ : १८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र