निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही « Khabarhub

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै सांसद महेन्द्र शाहीले निर्वाचन प्रणालीकै कारण सुशासनमा समस्या भएकोलगायत विकृतिका बारेमा चर्चा हुने गरेकाले यसलाई बदल्नुपर्ने बताए  ।

वार्षिक पुँजी वृद्धि कसरी गर्न सकिन्छ भन्नेतिर ध्यान नगएको, जम्मा भएको राजस्व बाँड्ने मात्र अर्थमन्त्रीको काम हो कि जस्तो भान पार्न नहुने पनि उनले सुनाए  ।
  
सांसद प्रकाश ज्वालाले सहरी विकास मन्त्रालयलाई बिचौलियाको कमाइ खाने भाँडो बनाइएको बताए । गणेशमान सिंहका नाममा ५७ करोड बजेट छुट्याएर अपमान गर्न खोजिएको उनको विचार छ । पुष्पलालका नाममा ७० लाख रुपैयाँ बजेट दिइएको पनि सांसद ज्वालाले बताउँदै यस्ता विनियोजनले जनताको करको दुरुपयोग भएको भनाइ राखे ।
 
कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भनी संरचना बनाइए पनि हुन नसकेको उनले सुनाए । प्रविधिमैत्री कानुन नबनाए विकास निर्माणका काम अघि बढ्न नसक्ने सांसद ज्वालाको भनाइ थियो । 
  
सांसदद्वय रञ्जुकुमारी झा र अब्दुल खानले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष जिम्मेवारी दिनुपर्ने, विभिन्न निकायमा नियुक्त गरिने सल्लाहकारको सङ्ख्या घटाइनुपर्ने, युवा नीतिमार्फत युवालाई उद्यममा जोड्नुपर्ने, पठाओ, इनड्राइभ, यङ्गुलगायतले युवालाई रोजगारी दिएकाले यसलाई कानुनी रूपमा व्यवस्थित गरिनुपर्ने, युवा विकास निर्माण आर्मी गठन गर्नुपर्नेमा उनहरूले जोड दिए ।
 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित