लन्डनको एयरपोर्टमा आगलागी हुँदा २४ घण्टा उडान बन्द  « Khabarhub

लन्डनको एयरपोर्टमा आगलागी हुँदा २४ घण्टा उडान बन्द 


७ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको सबैभन्दा भन्दा ठुलो एयरपोर्ट नजिक आगलागी भएको छ।

जसका कारण युनाइटेड किंगडमको हिथ्रो विमानस्थल शुक्रबार मध्यरातसम्म बन्द हुने भएको छ, जसले हजारौँ यात्रुहरूको पुर्ववतयोजनामा जानबाट फस्न पुगेका छन् ।

लन्डनको मुख्य एयरपोर्ट, जुन युरोपको सबैभन्दा व्यस्त गेटवे एयरपोर्ट मानिन्छ । सो विमानस्थलका अनुसार विमान स्थलमा बिद्युत् आपूर्ति गर्ने सबस्टेशनमा आगलागीका कारण समस्या देखा परेको छ । 

‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम गर्नका लागि हिथ्रो २१ मार्चको २४ घण्टा सम्म बन्द रहनेछ,’ हिथ्रो विमानस्थलले एक्सको एक पोस्टमार्फत जानकारी दिएको छ।

‘तत्कालका लागि यात्रुहरूलाई यस एयरपोर्टमा यात्रा नगर्न सल्लाह दिइन्छ र थप जानकारीको लागि तिनीहरूको एयरलाइनमा सम्पर्क गर्नुहोला, हामी असुविधाको लागि क्षमा चाहन्छौँ।’

उडान ट्र्याकिङ वेबसाइट फाइट राइडर २४ले भन्यो कि, यो बन्दले कम्तीमा १३५१ उडानहरूलाई असर गरेको छ।’

‘हामी यात्रुहरूलाई एयरपोर्टमा यात्रा गर्नबाट रोक्न प्रयास गर्दैछौँ, र त्यसपछि ढिलाइ, डाइभर्ट वा रद्द गरिएका उडानहरूमा एयरलाइन्स साझेदारहरूसँग काम गर्छौँ,’ हिथ्रोका प्रवक्ताले पत्रकारसँग भने, ‘यात्रुहरूले पुनः बुकिङमा कायम गर्न एयरलाइन्स साझेदारहरूसँग सम्पर्क गर्न सक्छन्।’

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  २ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित