दोलखाको गैरीमुदी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण « Khabarhub

दोलखाको गैरीमुदी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-१ को गैरिमुदी स्वास्थ्य चौकीको लागि आइतबार एक कार्यक्रमकाबीच बिरामी बोक्नको लागि एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

वैतेश्वर गाउँपालिका र पर्यटन व्यवसायी भक्त बहादुर तामाङको आर्थिक सहयोगमा प्राप्त उक्त एम्बुलेन्सको चाबी गाउँपालिका अध्यक्ष छबि लामाले वडा अध्यक्ष भीमबहादुर तामाङलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले वडा तथा स्वास्थ्य चौकीको लागि एम्बुलेन्स अभाव देखेर एम्बुलेन्स ल्याउनको लागि महत्त्वपूर्ण भूमिका खेल्ने भक्त बहादुर तामाङलाई धन्यवाद दिँदै व्यवस्थित तरिकाले एम्बुलेन्स सञ्चालन गर्न वडालाई निर्देशन दिए ।

यस अघि वडा नम्बर-१मा एम्बुलेन्स नहुँदा स्थानीयले महँगो शुल्क तिरेर अन्य सवारी प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा स्थानीय भक्त बहादुर तामाङले विदेशी साथीभाइहरुसँग चंदा संकलन गरेको १५ लाख रकममा गाउँपालिकाले १० लाख थप गरेर नेपाल सरकारको राजस्व छुटमा सुविधा सम्पन्न ख वर्गको एम्बुलेन्स ल्याइएको वडा अध्यक्ष तामाङले बताए ।

एम्बुलेन्स वडा तथा पालिकाको व्यवस्थापनमा सञ्चालन गरिने छ ।

गैरिमुदि स्वास्थ्य चौकीका स्वास्थ्य इन्चार्ज अमित यादवले वडामा एम्बुलेन्स नहुँदा यस अघि यहाँका बिरामीलाई अन्यत्र रिफर गर्न बोलेरो गाडी खोज्नुपर्ने बाध्यता रहेको थियो ।

कतिपय गर्भवती महिला तथा बिरामीले एम्बुलेन्स अभावमा समयमै उपचार पाउनबाट वञ्चित हुनुपर्ने बाध्यता रहेको थियो । तर अब त्यो समस्या झेल्नु नपर्ने उनले बताए । -सुवास बस्नेत 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित