सेयर होल्डरबाट ‘आजित’ भएका भण्डारीले सम्झिए प्रधानमन्त्रीलाई « Khabarhub

सेयर होल्डरबाट ‘आजित’ भएका भण्डारीले सम्झिए प्रधानमन्त्रीलाई

मलेसियामा बस्ने एनआरएनले दु:ख दिएको गुनासो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक तथा निर्माता विशाल भण्डारीले सेयर होल्डरबाट आर्थिक कारणले मानसिक यातना पाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराएका छन् ।

भण्डारीले प्रधानमन्त्री ओलीलाई आफू र आफ्नो टिमलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसमेत गरेका छन् ।

भएको के हो ?

यी दुई शोको निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालि एक सेयर साझेदारले आफूलाई आर्थिक विषयले यातना दिएको भण्डारीको दाबी छ । उनले ती व्यक्तिको नाम भने किटान गरेका छैनन् ।

तर, ती व्यक्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी रहेको पनि उनले खुलाएका छन् । खबरहबसँगको कुराकानीमा उनले ती व्यक्ति मलेसियामा बस्दै आएको पनि भण्डारीले खुलाएका छन् ।

भण्डारीका अनुसार १९ महिनाअघि डेढ करोडमा उनले कम्पनीको ३० प्रतिशत सेयर किनेका हुन् ।

कमेडी च्याम्पियन सिजन ३ को मुनाफा आएपछि ती व्यक्तिले साढे ३ करोड लगानी पुर्‍याउने सहमित भएको पनि भण्डारी दाबी गर्छन् ।

भन्छन्, ‘सिजन ३ चलाउन आवश्यक परेको डेढ करोड तत्काल दिने र मुनाफाको हिसाब आएपछि थप गरेर साढे ३ करोड पुर्‍याउने मौखिक भद्र सहमतिपछि उनकै वकिलले सेयर कित्ता बाँडफाँट गरेर कम्पनी रजिस्ट्रारको कार्यालयमा अध्यावधिक गराए ।’

२४ महिनासम्म कम्पनीको सेयर नलिकाल्ने सहमति ती व्यक्तिको प्रवेश भएको भण्डारीले दाबी गरेका छन्।

यसरी साझेदार बनेका ती गैरआवासीय नेपालीले सम्झौताविपरीत आर्थिक दबाब दिएको भण्डारी बताउँछन् ।

उनले लेखेका छन्, ‘सिजन ३ सकिनसाथ मसँगै पैसा कहिले आउँछ ? म निस्कन्छु भन्ने बाहाना बनाएर सम्झौताविपरीत मलाई पैसाका लागि यातना दिन थालियो ।’

ती व्यक्तिले बैकिङ कसुरको मुद्दामार्फत् दुई करोड ४० लाख असुल गरेको भण्डारी बताउँछन् ।

पहुँच हाबी

ती व्यक्ति राजनीति र न्यायलयमा समेत पहुँचवाला व्यक्ति रहेको भण्डारीको बुझाइ छ । यही पहुँचको दुरुपयोग गर्दै उनले आफूलाई दु:ख दिएको दाबी गरेका छन् ।

उनको नियत पैसा असुल्ने रहेको ठहर गर्दै कम्पनीका सदस्यहरू अदालतको ढोका ढक्ढक्याउन पुगेको उनले बताएका छन् ।

उनले लेखेका छन्, ‘शक्तिको दुरुपयोग गर्दै पैसा असुल्न लागेको देखेपछि कंपनीको बाँकी सेयर धनीले विभिन्न मुद्दा हालेर हिसाब मागेको र २/४ करोड अपचलनको लगायत मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा चलिरहेको छ ।’

भण्डारी आजित हुनुको कारण

ती व्यक्तिले आफ्नो हिस्साको पैसा लगेर पनि मिलापत्र गर्न नआउने, कम्पनीका सदस्यलाई अलमलमा पर्ने र कम्पनी पनि नछाडेका कारण समस्या भएको भण्डारीको गुनासो छ ।

न्यायालयमासमेत पहुँच रहेका कारण ती व्यक्तिले न्यायिक प्रक्रियामा पनि प्रभाव पारेर मुद्दाको पेसी पटक–पटक सार्न लगाई फैसाला प्रभावित गरेको भण्डारीले बताएका छन् ।

ती व्यक्तिबाट कार्यक्रम रोक्न र कम्पनीको खाता रोक्का गर्ने धम्की आइरहेको थप तनाव भएको भण्डारीले बताएका छन् । यहीकारण आफूले प्रधानमन्त्रीलाई खुला सूचनामार्फत् ध्यानकर्षण गराउनु परेको उनले बताएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ५७ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको