पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की « Khabarhub

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्रामाटोर्स्क– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आश्चर्यजनक तर छोटो इस्टर युद्धविरामको घोषणा गरे पनि रुसी सेनाले फ्रन्ट लाइनमा आफ्नो गोलाबारी र आक्रमणहरू जारी राखेको बताएका छन् ।

तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्त्वपूर्ण विराम हुनेछ ।

तर आदेश लागु भएको केही घण्टापछि किएभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमण साइरन बजेका थिए । जेलेन्स्कीले रुसमाथि आफ्नो आक्रमणहरू कायम राखेको आरोप लगाए ।

युक्रेनी सेनाध्यक्ष ओलेक्सान्डर सिरस्कीको बिहान ६ः०० (०३०० जिएमटी) को रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले सामाजिक सञ्जालमा भने, ‘विभिन्न फ्रन्टलाइन दिशामा रूसी गोलाबारीका ५९ वटा घटना र रूसी युनिटहरूद्वारा पाँच आक्रमण भइसकेका छन् ।’

शनिबार मध्यरात (२१०० जिएमटी) सम्मको छ घण्टामा ‘रूसी सेनाले गोलाबारी गरेको तीन सय ८७ वटा घटना र १९ वटा आक्रमण’ भएको र ‘रूसीहरूले दुई सय ९० पटक ड्रोन प्रयोग गरेको’ उनले बताए ।

‘समग्रमा इस्टर बिहानसम्म हामी भन्न सक्छौँ कि रुसी सेनाले युद्धविरामको सामान्य छाप सिर्जना गर्न प्रयास गरिरहेको छ, जबकि केही क्षेत्रमा अझै पनि अघि बढ्ने र युक्रेनलाई क्षति पुर्‍याउने एकल प्रयासहरू जारी राखेको छ’, जेलेन्स्कीको पोस्टमा भनिएको छ ।

इस्टर सप्ताहन्तमा सबै युद्ध रोक्ने पुटिनको आदेश मस्को र किएभलाई युद्धविराममा सहमत गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौँको प्रयासपछि आएको हो ।

शुक्रबार वासिङ्टनले कुनै प्रगति नभए वार्ताबाट फिर्ता हुने धम्कीसमेत दिएको थियो ।

‘शान्तिलाई मौका दिनुहोस्’

‘आज १८०० (१५०० जिएमटी शनिबार) देखि मध्यरात आइतबार (२१०० जिएमटी आइतबार) सम्म रूसी पक्षले इस्टर युद्धविरामको घोषणा गर्दछ’, पुटिनले रुसी जनरल स्टाफका प्रमुख भेलेरी गेरासिमोभसँगको बैठकमा टेलिभिजनमा प्रसारित टिप्पणीहरूमा भने ।

जेलेन्स्कीले युक्रेनले पनि त्यसैको अनुसरण गर्ने भन्दै प्रतिक्रिया दिए र रुसले पहिले नै आफ्ना प्रतिज्ञाहरू तोडेको आरोप लगाए तापनि आइतबारभन्दा अगाडि युद्धविराम विस्तार गर्ने प्रस्ताव राखे ।

‘रुसले युद्धविरामका सर्तहरूको पूर्ण रूपमा पालना गर्नुपर्छ । आज राति मध्यरातपछि ३० दिनका लागि युद्धविराम कार्यान्वयन र विस्तार गर्ने युक्रेनको प्रस्ताव टेबलमा रहेको छ’, जेलेन्स्कीको आइतबारको पोस्टमा भनिएको छ ।

यसअघि उनले पुटिनले प्रस्तावित ३० दिनको पूर्ण र बिना शर्त युद्धविरामलाई पहिले नै अस्वीकार गरिसकेको भनी औँल्याउँदै ‘३० दिन शान्तिलाई एउटा मौका दिन सक्छ’ भन्ने सुझाव दिएका थिए ।

पुटिनले आइतबार मनाइने इस्टर बिदाका लागि गरिएको युद्धविराम ‘मानवीय कारण’ बाट प्रेरित भएको बताएका थिए ।

उनले युक्रेनले मान्ने अपेक्षा गरे पनि रुसी सेना ‘शत्रुको सम्भावित युद्धविराम उल्लङ्घन र उक्साहटको प्रतिरोध गर्न तयार हुनुपर्छ’ भने ।

पुटिनले पछिल्लो युद्धविराम प्रस्तावले ‘किएभको शासनको तयारी, यसको इच्छा र सम्झौताहरू पालन गर्ने र शान्ति वार्ताको प्रक्रियामा भाग लिने क्षमता कति इमानदार छ’ देखाउने बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ३ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित