फेवाताल संरक्षणमा सरकारले ध्यान दिइरहेको छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

फेवाताल संरक्षणमा सरकारले ध्यान दिइरहेको छ : मुख्यमन्त्री पाण्डे


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आकर्षणको केन्द्रका रूपमा रहेको पोखराको फेवाताल संरक्षणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

टे«किङ्ग एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित ‘ट्रेकिङ्ग गाइड तथा ट्रेकिङ्ग पोटर गाईड’सम्बन्धी १५ दिने तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशकै पर्यटकीय गहनाको रूपमा रहेको फेवाताल संरक्षणमा सबैको ध्यान जान आवश्यक रहेको बताए।  

पर्यटकीय राजधानी घोषणासँगै यहाँका पर्यटकीय गन्तव्यको संरक्षण र विकास गर्ने दायित्व प्रदेश सरकारको भएको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्ता पर्यटनसँग सम्बन्धित संस्थाको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताए। पर्यटकीय राजधानी पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइँ लब्याउन सरकार र पर्यटन व्यवसायीको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

मुख्यमन्त्री पाण्डेले फेवातालको मापदण्डभित्र परेका तर व्यक्तिको नाममा रहेका जग्गाको मुआब्जा दिइने बताए।

‘फेवातालको मापदण्ड कायम गर्ने विषयमा अदालतको आदेश कार्यान्वयनका लागि हाल तालको सिमांकन गर्ने कार्य भइरहको छ । मापदण्डभित्र व्यक्तिको लालपूर्जा भएका जग्गाको मुआब्जा दिने काम पनि हुन्छ’, उनले भने। 

प्रदेश वन तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटकीय राजधानी पोखरामा सञ्चालित यस्ता तालिमले स्वदेशी तथा विदेशी पर्यटकलाई पदमार्गमा जान सजिलो बनाउने र रोजगारीको अवसरसमेत सिर्जना गर्ने बताए। तीन सय जनाले एकैपटक यस्तो तालिम लिँदा गण्डकी प्रदेशको पर्यटन विकास र  प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास थियो । 

कार्यक्रममा पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन बोर्ड नेपालका पूर्वबोर्ड सदस्य गणेशबहादुर भट्टराई, टान गण्डकीका सल्लाहकार डम्बर केसी, अजय ढकाल, मणिराज लामिछाने, इन्द्रकाजी गुरुङ, तीर्थ सुवेदी, कृष्ण आचार्यलगायतले पर्यटन विकासमा सरकार र पर्यटन व्यवसायीको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । 
 

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ७ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित