विद्यालाई रोक्न एमालेको हरसम्भव प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी « Khabarhub

विद्यालाई रोक्न एमालेको हरसम्भव प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पूर्उराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन नदिन एमालेले हरसम्भव कोसिस गरिरहेको छ ।

गत साउन ५-६ को केन्द्रीय कमिटी बैठकले नवीकरण गरिसकेको सदस्यतासमेत खारेज गरिदिएसँगै एमालेले उनका लागि च्यासलको दैलो बन्द गरिदिएको छ ।

तर पनि उनी नवौँ महाधिवेशनबाट निर्वाचित पूर्वउपाध्यक्षका रुपमा सक्रिय हुन छाडेकी छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले छेक्न सबै शक्ति लगाइरहँदा भण्डारी भने काठमाडौं बाहिरसमेत पुगेर सक्रिय हुन थालेकी छन् ।

यही सोमबार उद्घोष दैनिकको कार्यक्रममा भाग लिन विराटनगर पुगेकी उनी मंगलबार एमालेको जिल्ला पार्टी कार्यालयमा जाँदैछिन् ।

उनलाई त्यहाँ एमालेकै पूर्वउपाध्यक्षको हैसियतमा स्वागत गरिँदैछ । एमाले पूर्वकेन्द्रीय सदस्य विनोद ढकालले पकड बनाएको मोरङलाई प्रयोग गर्दै भण्डारीले सक्रियता बढाउने अवसर पाएकी छन् ।

विराटनगरको पाञ्चालीस्थित एमाले जिल्ला पार्टी कार्यालयमा पूर्वउपाध्यक्ष भण्डारी आउने भएपछि त्यहाँ स्वागको विशेष तयारी गरिएको छ । अहिले उनी एमाले पार्टी कार्यालयमा पुगेर नेता-कार्यकर्ताहरूसँग अन्तरक्रिया गरिरहेकी छन् ।

तर त्यहाँ पनि उनलाई छेक्न एमालेको संस्थापन पक्षले अन्तिम कोसिस गरेको छ। एमालेको विराटनगर महानगर इन्चार्जसमेत रहेका नेता परशुराम बस्नेतले भण्डारी सहभागी हुने उक्त कार्यक्रममा नजान कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा उर्दी नै जारी गरेका छन् ।

‘सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे एमाले जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ’, उनले कार्यक्रमअघि भनेका थिए, ‘यस सन्दर्भमा एमालेको केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै कार्यक्रम निर्धारण गरिएको छैन। जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन।’

उनले पार्टीको कार्यक्रम भन्दै झूटो प्रचार गरिएको आरोपसहित नझुक्किन पनि भनेका छन् । उनले अप्रत्यक्ष रुपमा पूर्वराष्ट्रपति सहभागी हुने कार्यक्रममा नजान पनि नेता कार्यकर्तालाई भनेका छन् ।

स्मरणीय के छ भने मोरङमा अध्यक्ष ओली पक्षीय नेताहरू नराम्रोसँग पराजित भएका छन् । मोरङ जिल्ला कमिटीको दशौँ महाधिवेशनमा नेता ढकालनिकट अजम्बर राई अध्यक्ष, सागर थापा उपाध्यक्ष र सोमराज थापा सचिवमा विजयी भएका थिए । विराटनगर महानगरमा पनि ढकाल पक्षीय प्यानलले नै कब्जा जमाएको थियो ।

त्यहाँ आफूलाई ओलीनिकट बताउने परशुराम बस्नेतहरू नराम्रोसँग पराजित भएका थिए । यस्तोमा बस्नेतले भण्डारीको कार्यक्रममा नजान उर्दी जारी गरेका हुन् ।

एमालेका नेताहरूले यसो भने पनि मोरङ जिल्ला पार्टीमा अहिले नेता-कार्यकर्ताको ठूलो भिड लागेको छ। सोमबार उनलाई विराटनगर विमानस्थलमा कोशी प्रदेशका मन्त्री र एमालेका नेताहरूले लाइन लागेर स्वागत गरेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी सोमबार विराटनगर विमानस्थलमा उत्रिँदा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई स्वागतका लागि ‘बूके’ बोकेर पुगेकी थिइन् । यस्तै एमाले नेता विनोद ढकाल पनि विमानस्थलमा पुगेका थिए ।

भण्डारीको स्वागतका लागि एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी पनि विराटनगर विमानस्थल पुगेका थिए । एमाले मोरङ जिल्ला सचिव सोमराज थापा पनि विमानस्थल पुगेका थिए । भण्डारीलाई स्वागत गर्न पुग्ने सय हाराहारीमा अधिकांश एमाले कार्यकर्ता देखिन्थे ।

एमालेको साउन ५–६ मा बसेको नवौँ केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा आउन निषेध गरेको थियो । उनको सदस्यतासमेत खारेज गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन नदिन कडा निर्देशन नै दिएका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  १२ : ५० बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)