न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’ « Khabarhub

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको नेपाल उत्सवमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाल उत्सव कार्यक्रममा न्यूयोर्कका अतिरिक्त न्यूजर्सी र कनेक्टिकट राज्यबाट नेपाली पोसाक, राष्ट्रिय झण्डा र ब्यानरसहित नेपाली सहभागी भएका थिए । नेपाल उत्सव कार्यक्रमको उद्घाटन न्यूयोर्क सहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले गरेका थिए ।

उनीहरुले नेपाली कला संस्कृतिको प्रशंसा गरे । नेपाली समुदायले हरेक वर्ष आयोजना गर्ने नेपाल उत्सव कार्यक्रममा प्रस्तुत गरिने कला संस्कृतिले न्यूयोर्कलाई थप विविधतायुक्त सहर बनाउनमा सहयोग पुगेको धारणा उनीहरुको थियो ।

न्यूयोर्कको व्यस्त क्षेत्र म्यानहाटनमा पञ्चेबाजासँगै, भजन, देउडा तथा हुड्केली, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोलगायत कला संस्कृति प्रदर्शन गरिएको थियो । नेपाल डे परेड कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न कार्यक्रम र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले रुचीपूर्वक अवलोकन गरेका थिए ।

हरेक वर्ष गणतन्त्र दिवसको अवसर पारेर न्यूयोर्कमा आयोजना गरिने नेपाल डे परेड कार्यक्रमले नेपाललाई विश्व सामु चिनाउनुका साथै विदेशी समुदायको ध्यान आकर्षण गराउने गरेको नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले बताए ।

गैरआवासीय नेपाली सङ्घ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना तथा नेपाली समुदायका एक दर्जन बढी संस्थाको सहभागितामा नेपाल डे परेड कार्यक्रम आयोजना गरिएको थियो । एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष छिरिङ शेर्पाको अध्यक्षता भएको परेडमा मनिता गुरुङले संयोजक भूमिका निर्वाह गरेका थिए ।

सन् २०१६ देखि सुरु गरिएको नेपाल डे परेड कार्यक्रमले नेपाली समुदायमा राष्ट्रिय पर्वको रुपमा स्थापित भइसकेको नेपाली समुदायका अगुवाहरु बताउँछन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित