नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक « Khabarhub

नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (चैत मसान्त) को वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आवको तुलनामा यस आवको तेस्रो त्रैमासिक वित्तीय अवस्था घाटामा रहेको देखिन्छ । यस आवको तेस्रो त्रैमासिकसम्म कूल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार रहेको छ ।

यस आवको तेस्रो त्रैमासिकसम्म कूल आय २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कूल आय ३१ अर्ब २० करोड ४८ लाख ५८ हजारको तुलनामा २ अर्ब ७७ करोड ३२ लाख ९१ हजार अर्थात् ८.८९ प्रतिशतले कमी आएको छ ।

यस आवको तेस्रो त्रैमासिकसम्म व्याज, कर, राह्रसलगात गरी १४ अर्ब १९ करोड २१ लाख ९२ हजार रहेको रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कर अघिको मुनाफा १३ अर्ब ४० करोड २९ लाख ४५ हजारको थियो । अघिल्लो आवको तुलनामा ७८ करोड ९२ लाख ४६ हजार अर्थात् ५.८९ प्रतिशतले बढी हो ।

यस आवको तेस्रो त्रैमासिकसम्म कर अघिको मुनाफा ८ अर्ब ६२ करोड ५४ लाख ४ हजार रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कर अघिको मुनाफा ७ अर्ब ३८ करोड ३३ लाख ६३ हजार रहेको थियो । अघिल्लो आवको तुलनामा १ अर्ब २४ करोड २० लाख ४० हजार अर्थात् १६.८२प्रतिशतले वृद्धि भएको छ ।

यस आवको तेस्रो त्रैमासिकसम्म खुद मुनाफा २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रहेको छ । अघिल्लो वर्ष सोही अवधिको खुद मुनाफा ५ अर्व ५३ करोड ७५लाख ६२ हजार रहेको थियो । अघिल्लो आवको तुलनामा २ अर्ब ६९ करोड ५२ लाख ७३ हजार (४८.६७ प्रतिशत) ले कमी भएको छ । कम्पनीको प्रति शेयर आम्दानी वार्षिक २१.०५ रुपैयाँ रहेको छ ।

गत आवको तुलनामा यस आवमा राजस्व तथा खुद मुनाफामा घट्नुका कारणहरू– ओटीटी सेवाहरूको व्यापक प्रयोग रहेको छ । विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गतआवको तेस्रो त्रैमासिकसम्मको तुलनामा करिब ५३ करोड ५५ लाख ६६ हजार अर्थात् २२.३७ प्रतिशतले कम भएको हो ।

–कम्पनीले गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब एक मुष्ठ भुक्तानी गर्नु परेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरूको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष ४ अर्ब ९७ करोड खर्च भएको छ । तेस्रो त्रैमासिकसम्म करिब १३ अर्ब १५ करोड छुट्टयाएपछि लगानीमा भएको कमी तथा व्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमागत आवको तेस्रो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब २ अर्ब ३८ करोड ९७ लाख ९६ हजार (४६.०२ प्रतिशत) ले घटी भएको छ ।

यस्ता छन् टेलिकमको वित्तीय अवस्थाको विश्लेषण:

– प्रतिस्पर्धी आइपीएसहरुले मोबालिटी सेवा दिइरहेकोले वाईफाई प्रयोगले मोबाइल डाटा प्रयोगमा उल्लेखनीय कमी भएको छ ।

– राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ ।

– सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दर रेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको छ ।

– कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आवमा १३ अर्ब १५ करोड परिभासित लाभ सम्पत्तिमा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको देखिन्छ ।

– कम्पनीले गत वर्षसम्म आकस्मिक दायित्वहरूमा देखाएको केही मुद्दाहरूको यस आवमा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आवमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित