राष्ट्र बैंकले गर्‍यो विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम « Khabarhub

राष्ट्र बैंकले गर्‍यो विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– ग्लोवल मनी विकको अवसरमा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले विद्यार्थीसँग वित्तीय शिक्षा, साक्षरता र सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ । बुधबार सुर्खेतका तीन विद्यालयका ९० विद्यार्थी, वित्तीय संस्थाका प्रमुखका बीचमा अभिवृद्धि कार्यक्रम गरेको हो ।

देशमा उपलब्ध भएका बैंक तथा वित्तीय संस्थाबाट प्राप्त सेवा, सुविधा धेरैभन्दा धेरै नागरिकले उपयोग गरेको अवस्थामा प्रभावकारी मागमा वृद्धि हुने, छरिएको आयबाट बचत परिचालन गर्न सकिने, कर्जा तथा लगानी गरी आर्थिक क्रियाकलापलाई वृद्धिलगायतका विषयमा जानकारी दिन नेपाल राष्ट्र बैंकको कर्णाली प्रदेश कार्यालयले वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम गरेको जनाएको छ । 

आम नागरिकहरू वित्तीय रूपले जति धेरै साक्षर हुन्छन् त्यति नै धेरै बैंकिङ सेवाबाट लाभान्वित हुन सक्ने भएकाले विद्यार्थीसँग वित्तीय शिक्षा, साक्षरता र सचेतना अभिवृद्धि कार्यक्रम गरेको नेपाल राष्ट्र बैंकको कर्णाली प्रदेश कार्यालयका प्रमुख राजनप्रसाद रेग्मीले बताए ।

‘आम नागरिकहरूलाई वित्तीय साक्षरताको माध्यमबाट वित्तीय सेवामा समावेश गर्दै वित्तीय पहुँच बढाउने सन्दर्भमा नेपाल राष्ट्र बैंकले विगत वर्षहरूदेखि नै वित्तीय साक्षरता सम्बन्धी सामग्री तयार गर्ने, वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘विद्यार्थीलाई जागरुप बनाउँदै विद्यार्थीहरूमार्फत आम नागरिक अभिभावक र स्वयम विद्यार्थीले वित्तीय साक्षरता पाए अरूलाई सहज हुन्छ भनेर विद्यार्थीलाई लक्षित गरिएको हो ।’

वित्तीय साक्षरता आज सबै स्तरका मानिसहरूलाई अत्यन्त आवश्यक देखिएको र यसले अहिले गर्ने लगानी यसको साक्षरता नागरिकको भविष्य पनि जोडिएकाले यसको सबैलाई जानकारी हुनुपर्ने कर्णाली प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाकातर्फ विद्यार्थीलाई प्रशिक्षण दिँदै दिवाकर जोशीले बताए । 

‘उच्च शिक्षा हासिल गरेका ठूला ओहदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ,’ उनले भने,‘त्यसैले तपाईँहरूले अहिले हासिल गर्ने ज्ञानले भविष्य बन्न सक्छ ।’ 

उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक दुर्घटना भएका र ठूलो वित्तीय क्षति समेत व्यहोर्नुपर्ने, समाजमा नकारात्मक असर पर्ने अवस्था पनि देखिएको नेपाल राष्ट्र बैंकका कर्णाली प्रदेश कार्यालय सुर्खेतका सहायक निर्देशक चिनिया लामाले बताए । 

‘मानिसहरूको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरक फरक वित्तीय शिक्षा आवश्यक रहेको छ,’ उनले भने, ‘तपाईँहरूले यहाँ सिकेको ज्ञानलाई आम नागरिकको पुर्‍याएर सचेत गराउन जरुरी रहेको छ ।’

बीमाले जोखिम न्यूनीकरणमा सहजीकरणको काम गर्ने विपद् जुनसुकै बेला आउने भएकाले बीमा सम्बन्धी साक्षरता आवश्यक रहेको नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख निलप्रसाद लामिछानेले बताए । 

‘बीमाले गरिबीलाई माथि उठाउँछ,’ उनले भने,‘कर्णालीमा गरिबी रहेको छ । यसलाई माथि उठाउनका लागि यहाँका आम नागरिक बीमा गरिनुपर्छ ।’

वित्तीय लक्ष्य निर्धारण गर्न, बचत, ऋण, जोखिमबाट बच्न, बचतको प्रयोग, बीमा तथा समग्र रूपमा वित्तीय व्यवस्थापन बारे जानकारी दिन आवश्यक रहेको नेपाल बैंकर्स संघ कर्णाली च्याप्टरका संयोजक डा.सुरोज टण्डनले बताए ।

‘वित्तीय साक्षरता दिनु अहिले पहिलो काम हो,’ उनले भने,‘यसले भविष्यमा वित्तीय व्यवस्थापन सम्बन्धी निर्णय कसरी गर्ने भन्ने बारेमा सहयोग गर्नेछ ।’

आफूहरूले विद्यालयस्तरमा वित्तीय साक्षरताका विषयमा अध्ययन गराउँदै आएको र यहाँ वित्तीय साक्षरता लिएका विद्यार्थीलाई विद्यालयस्तरमा अरु विद्यार्थी साक्षरता सिकाउन लगाउने श्री जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर–६ सुर्खेतका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए । 

कार्यक्रममा विद्यार्थीलाई बजेट निर्माण गर्ने, आम्दानी र खर्चको विवरण तयार गर्ने, बचत गर्ने तथा ऋण लिने प्रक्रिया र बीमाका बारेमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ३ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित