थाई सेनाद्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार « Khabarhub

थाई सेनाद्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख सिमा नाका हो जहाँ हाल दुई पक्षबीच झडपमा भइरहेको छ । 

थाई सेनाले पेइपेट नगरपालिका, बान्टे मिन्चे प्रान्तको क्षेत्रमा दुई वटा बम खसालेको कम्बोडियाको रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । 

थाइल्यान्डले  भने हाल सम्म आक्रमण बारे कुनै टिप्पणी गरेको छैन । यस महिना दुई छिमेकीहरू बिचको नयाँ लडाइँले थाइल्यान्डमा कम्तिमा २१ र कम्बोडियामा १७ जनाको ज्यान जानुका साथै आठ लाख विस्थापित भएको अधिकारीहरूले बताएका छन् । 

द्वन्द्व उनीहरूको सिमानाको औपनिवेशिक युगको सीमांकन र सीमामा अवस्थित प्राचीन मन्दिरका भग्नावशेष माथिको क्षेत्रीय विवादबाट उत्पन्न भएको जनाइएको छ । 

आत्मरक्षा र नागरिक माथि आक्रमणको व्यापारिक आरोप लगाउँदै दुवै पक्षले अर्कोलाई लडाइँ उक्साएको आरोप लगाएका छन् ।

कम्बोडियाको आन्तरिक मन्त्रालयले मंगलबार डिसेम्बर–७ मा लडाइँ सुरु भए देखि थाई आक्रमणले देशका कम्तिमा चार क्यासिनोहरू क्षतिग्रस्त भएको बताएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : ०७ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला