एमालेमा ईश्वर पोखरेल समूह बढारिने खतरा, योगेश र गोकर्ण मात्रै सुरक्षित « Khabarhub

एमालेमा ईश्वर पोखरेल समूह बढारिने खतरा, योगेश र गोकर्ण मात्रै सुरक्षित


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को ११ औँ महाधिवेशनको मतगणना परिणामअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूह बढारिने खतरा देखिएको छ ।

हालसम्म ११३९ मत गणना भइसक्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली प्यानलका १७ जना उम्मेदवार अगाडि देखिएका छन् ।

अध्यक्षमा ओलीले पोखरेल भन्दा दोब्बरभन्दा मतको फराकिलो अग्रता बनाएका छन् । ओलीले ८३४ मत ल्याउँदा पोखरेलले २९६ मत पाएका छन् ।

पदाधिकारी ओली प्यानलकै अधिकांश उम्मेदवारहरू अगाडि देखिएका छन्। पाँचजना उपाध्यक्षमा अग्रता बनाउने चारजना ओली प्यानलका छन् ।

उपाध्यक्षका दाबेदार विष्णु पौडेलले ८६४ मत ल्याए पृथ्वीसुब्बा गुरुङले ९००, रामबहादुर थापा ‘बादल’ले ७७४ र पोखरेल प्यानलका गोकर्णराज विष्टले ७१३ मत पाएका छन् ।

महासचिव पदमा पनि ओली पक्षकै शंकर पोखरेलले ६१३ मत ल्याएका छन्। ईश्वर पोखरेल समूहका सुरेन्द्र पाण्डेले ५२८ मत ल्याएका छन्।

उपमहासचिव पदमा तीनजना निर्वाचित हुने व्यवस्था छ। हालसम्मको गणनाअनुसार ओली समूहका लेखराज भट्ट सबैभन्दा अगाडि छन्। उनले सबैभन्दा बढी ७३४ मत पाएका छन्।

उता पोखरेल समूहका योगेश भट्टराईले ७०९ मत पाएका छन् । रघुवीर महासेठले ६८९ मत पाएका छन्। उता ओलीका विश्वासपात्र विष्णु प्रसाद रिमालले ५४० मत प्राप्त गरेका छन्। यस आधारमा उपमहासचिवमा ईश्वर पोखरेल समूहबाट योगेश भट्टराई निर्वाचित हुने सम्भावना देखिएको छ। उता ओलीका सहयोगी रिमाल भने हार्नेतर्फ देखिएका छन् ।

सचिव पदमा नौ जना निर्वाचित हुँदैछन्। यहाँ २० जनाको उम्मेदवारी छ।

अहिलेसम्म ओली समूहका महेश बस्नेतले ७८४ मत पाएका छन् । शेरधन राईले ७६७, हिक्मत कुमार कार्की ६७२ मत पाएका छन् । यहाँ खगराज अधिकारीले ६८० मत ल्याएका छन् पद्मा कुमारी अर्याल ७७८ र छविलाल विश्वकर्माले ७६९ मत ल्याएका छन् । यहाँ ९ सचिवमा सबै ओली प्यानलकै आउने देखिएको छ ।

यहाँ पोखरेल प्यानलका गोकुल बास्कोटा र कर्णबहादुर थापाहरू पछि परेका छन् । यहाँ सबैजना ओली प्यानलको जित हुने देखिएको छ।

११३९ मत गनिसक्दा

केपी शर्मा ओली : ८४३

ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५

गोकर्णराज विष्ट : ७१३

टकं प्रसाद कार्की : १८६

पर्शुराम मेघी गुरुङ्ग : ३३४

पृथ्वी सुब्बा गुरुङ : ९००

भीमप्रसाद आचार्य : १४३

रघुजी पन्त : ६१७

रामबहादुर थापा बादल : ७७४

विन्दा पाण्डे : ४७४

विष्णुप्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३

सुरेन्द्र प्रसाद पाण्डे : ५२६

उपमहासचिव

आनन्दप्रसाद पोख्रेल : ३३४

योगेश भट्टराई : ७०९

रघुवीर महासेठ : ६८९

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट : ७३४

विष्णुप्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७

इन्द्रलाल साप्कोटा : २०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुलप्रसाद बास्कोटा : ५२८

छविलाल विश्वकर्मा : ७६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ७७८

पुर्सोतम पौडेल : २३०

पेम्वा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यामलाल कँडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लाल बाबु पण्डित : ३९९

विनोद प्रसाद ढकाल : ३५५

शेरधन राई : ७६७

हिक्मत कुमार कार्की : ६७२

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १२ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित