भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु : दुई दिनपछि परराष्ट्र मन्त्रालयले जारी गर्‍यो विज्ञप्ति

किटले नेपाली विद्यार्थीहरुलाई छात्रावासमा फर्कन अनुरोध गरेको उल्लेख


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उडिसा राज्यस्थित कलिङ्ग इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य सयौं विद्यार्थीमाथि दुर्व्यवहार भएको दुई दिनपछि नेपालको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।

आइतबार अपराह्न प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले ‘त्यस अकल्पनीय घटनापश्चात सिर्जित समस्या समाधानका लागि यस मन्त्रालयले निरन्तर पहल र समन्वय गरिरहेको’ जनाएको हो ।

आइतबार साँझ किटको छात्रावासमा नेपाली छात्राको शव फेला परेको थियो । सहकर्मीको मृत्युपछि आन्दोलित झण्डै ६०० विद्यार्थीलाई उक्त इन्स्टिच्युटले छात्रावासबाटै निकालिदिएको थियो ।

परराष्ट्र मन्त्रालयले उक्त घटनाबारे जानकारी प्राप्त हुनासाथ नयाँ दिल्लीस्थित नेपाली राजदूताबासले भारत सरकार, उडिसा राज्यको मुख्य मन्त्रीको कार्यालय तथा सम्बन्धित शैक्षिक संस्थाका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाउँदै विज्ञप्ति जारी गरेको हो ।

उक्त शैक्षिक संस्थाले नेपाली विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारप्रति क्षमायाचना गर्दै त्यस्तो दुर्व्यवहार गर्ने आफ्ना कर्मचारीहरूलाई कारवाही गरेको जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रावासमा फर्कन र अध्ययनलाई निरन्तरता दिनसमेत उक्त शैक्षिक संस्थाले अनुरोध गरेको उल्लेख गरेको छ ।

‘प्रकृति लम्सालको मृत्युसँग जोडिएका एक जना व्यक्तिलाई पकाउ गरिएको र स्थानीय प्रहरीले मृत्युको अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । मृत्युको निष्पक्ष छानबीन भई दोषीमाथि कानून अनुसारको कारवाही हुनेमा विश्वस्त छौँ’, परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि –

ओडिशामा नेपाली विद्यार्थीलाई ज्यादती : नेपाली र भारतीय पक्षले मंगलबार के कस्ता कदम चाले ? यी १३ बुँदामा बुझ्नुस्

उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता र अध्ययनको निरन्तरताका लागि थप समन्वय गर्न नेपाली राजदूतावास, नयाँ दिल्लीबाट दुई जना प्रतिनिधिहरू घटनास्थल पुगी स्थानीय निकाय, उक्त शैक्षिक संस्था र नेपाली विद्यार्थीहरुसँग सम्पर्क तथा समन्वय गरिरहेका मन्त्रालयले जनाएको छ । साथै, नेपाली राजदूतावास, नयाँ दिल्लीले आवश्यक पर्ने विद्यार्थीका लागि परामर्शको व्यवस्था पनि मिलाएको पनि जानकारी दिएको छ ।

घटनाबाट प्रत्यक्ष रूपमा प्रभावित भएका विद्यार्थी, परिवारजन र सरोकारवाला सबैमा धैर्य धारण गरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

समन्वयका लागि मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासको टेलिफोन नम्बर +091 8929 601 925 र नेपालको परराष्ट्र मन्त्रालयको टेलिफोन नम्बर +977 9849207098 मा सम्पर्क गर्न सकिने जनाएको छ ।

विज्ञप्तिः

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : ०१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र