हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल « Khabarhub

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । 

उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलले मंलबार जानकारी दिएका छन् ।

प्रतिबन्धित तहरीक–ए–लब्बैक पाकिस्तान (टिएलपी) पार्टीका नेता जहीरुल हसन शाहलाई गत वर्ष पक्राउ गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा एक भिडियो प्रसारित गरेको आरोप लागेको थियो, जसमा तत्कालीन प्रधानन्यायाधीश काजी फैज इसाको टाउको काट्ने जो कोहीलाई पनि एक करोड पाकिस्तानी रुपैयाँ (करिब ३६ हजार अमेरिकी डलर) इनाम दिने घोषणा गरिएको थियो ।

प्रधानन्यायाधीश इसाले गत वर्ष ईशनिन्दासम्बन्धी मुद्दामा अल्पसङ्ख्यक अहमदी समुदायका एक व्यक्तिलाई जमानत दिएपछि कट्टरपन्थी धार्मिक समूहहरूको तीव्र आलोचनाको सामना गर्नुपरेको थियो । अहमदी धर्म इस्लामको एक शाखा मानिए पनि पाकिस्तानको संसद्ले सन् १९७४ मा अहमदी समुदायलाई औपचारिक रूपमा गैर–मुस्लिम घोषणा गरेको थियो ।

 त्यसयता अहमदी समुदायका घर र पूजा स्थलहरू प्रायः सुन्नी उग्रवादी समूहहरूको आक्रमणको निशानामा पर्दै आएका छन्, जसले उनीहरूलाई विधर्मी ठान्ने गरेका छन् ।

प्रतिरक्षा पक्षका वकिल मकसुद–उल–हक तथा अदालतका अधिकारीहरूका अनुसार पूर्वी सहर लाहोरस्थित आतङ्कवाद विरोधी अदालतले सोमबार शाहलाई दोषी ठहर गरेको हो । अदालतले उहाँको अभिव्यक्ति र सार्वजनिक आह्वानले समाजमा घृणा फैलाएको र हिंसालाई प्रोत्साहन दिएको ठहर गर्दै कडा सजाय सुनाएको जनाएको छ ।

यो फैसला पाकिस्तान सरकारले टिएलपी पार्टीमाथि प्रतिबन्ध लगाएको दुई महिनाभन्दा पनि कम समयपछि आएको हो । गाजाको समर्थनमा आयोजित एक र्‍यालीका क्रममा पार्टीका समर्थकहरू र सुरक्षाकर्मीबीच घातक झडप भएपछि सरकारले उक्त पार्टीलाई प्रतिबन्धित गरेको थियो ।

ती झडपपछि टिएलपीका प्रमुख नेता साद रिजवी बेपत्ता भएका छन् । प्रहरीका अनुसार, पञ्जाब प्रान्तको राजधानी लाहोरबाट इस्लामाबादतर्फ मार्चको नेतृत्व गरिरहेका बेला अक्टोबरको सुरुआतमा सुरु भएको अशान्तिका क्रममा रिजवी पाकिस्तान प्रशासित काश्मीरतर्फ भाग्न सफल भएका थिए ।

यस घटनाक्रमले पाकिस्तानमा धार्मिक कट्टरपन्थ, अभिव्यक्ति स्वतन्त्रता र अल्पसङ्ख्यक समुदायको सुरक्षासम्बन्धी विषयहरू फेरि एकपटक गम्भीर बहसको केन्द्रमा ल्याएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : २२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित