स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै « Khabarhub

स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनःनिर्माणमा स्थानीयवासी जुट्न थालेका छन् । 

कोटेश्वरको नरेफाँटस्थित कोटदेवी विद्यानगर समाज सुधार समितिको संयोजनमा प्रहरी चौकी नरेफाँटको पुननिर्माण सम्पन्न भएको छ । समितिले एक थान मोटरसाइकल समेत हस्तान्तरण गरेको छ ।

यस्तै, बसुन्धरास्थित प्रहरी प्रभागको भवनसमेत पुननिर्माण गर्न थालिएको छ । चाडपर्व नजिकिएसँगै हुने चोरी डकैतीका घटनालाई समेत ध्यानमा राखेर स्थानीयवासीले प्रहरी चौकी निर्माण थालेका हुन् । युवा व्यवसायी दीपक भट्टको संयोजकत्वमा टोली नै बनाएर पुननिर्माण गरिँदै  छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका–१६ प्रहरी वृत्त लैनचौरको भवनसमेत पुनःनिर्माण सम्पन्न भएको छ । ठमेल पर्यटन विकास परिषद् र ठमेल क्षेत्रका व्यवसायीको सहयोगमा उक्त भवन पुनःनिर्माण गरिएको परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिए । ठमेल क्षेत्रको सुरक्षामा प्रहरी वृत्त लैनचौर र दरबारमार्गको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

ट्राफिक प्रहरी प्रभाग नयाँबसपार्कको भवनसमेत पुनःनिर्माण भइरहेको छ । नयाँबसपार्क क्षेत्रका स्थानीय सङ्घसंस्था र यातायात व्यवसायी तथा मजदुरको सहकार्यमा पुनःनिर्माण गर्न थालिएको हो । 

यसैगरी उपत्यकाबाहिर धादिङमा तोडफोड तथा आगजनी भएका ११ प्रहरी चौकीमध्ये सात प्रहरी चौकी पुननिर्माण गरी काम सञ्चालन गरिएको प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौँ उपत्यकाभित्र मात्र २१८ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको जानकारी दिए। 

जसमा ११२ प्रहरी कार्यालयका भवन पूर्ण क्षति र ९६ कार्यालयका भवनमा आंशिक क्षति भएको छ । यस्तै, ११७ चारपाङ्ग्रे सवारिसाधन पूर्ण क्षति भएका छन् भने चार सवारीसाधनमा आंशिक क्षति भएको छ । यसैगरी १५८ दुईपाङ्ग्रे सवारीसाधनमा क्षति भएको प्रवक्ता खनालले बताए। 

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी कार्यालय र प्रहरीका सवारी साधनमा भएको क्षतिको यकिन गर्ने काम भइरहेको बताए । कतिपय स्थानमा आन्दोलनका क्रममा क्षति भएका प्रहरी कार्यालय पुनःनिर्माण गरी प्रहरीलाई ‘ड्युटी’मा खटाउने काम सुरु भइसकेको प्रवक्ता घिमिरेले बताए।  
 

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ३ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित