गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता « Khabarhub

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता


२ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी गराएअनुसार गाजामा थप सात प्रतिशत क्षेत्रमा इजरायली सेनाद्वारा विस्थापनको आदेश जारी गरिएपछि हाल गाजाको करिब एकहत्तर प्रतिशत भूभागमा प्यालेस्टिनी नागरिकहरूलाई आवतजावत गर्न रोक लगाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले यस्ता आदेशहरूका कारण मानवीय सङ्कट थप गहिरिएको, आम नागरिकहरूको मृत्यु, पूर्वाधारको क्षति र डेढ महिनादेखि राहत सामग्रीको अवरोध जारी रहेको जनाएको छ ।

ओसीएचएका अनुसार, पछिल्लो आदेशले करिब एक लाख मानिस बसोबास गर्ने क्षेत्रलाई असर पु¥याएको छ । यस क्षेत्रमा तीस वटा आन्तरिक विस्थापित शिविर, सात सय विद्यार्थी अध्ययनरत अस्थायी विद्यालय साथै पानी र सरसफाइसम्बन्धी संरचनाहरू रहेका छन् ।

“हाम्रा मानवीय साझेदारहरूको भनाइअनुसार, सयौं परिवारले ती क्षेत्रहरू छोडेका छन्, तर धेरैजसो मानिस बसोबासको अभावमा पुनः फर्किन बाध्य भएका छन्,” ओसीएचएले जनाएको छ । यस्तै, गाजा सहरको रिमाल क्षेत्रमा समेत अर्को विस्थापनको आदेश जारी गरिएको थियो ।

नयाँ आदेशबाट देइर अल बला र खान युनिसका दसवटा टोलहरू प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार, उक्त क्षेत्रहरूमा आठवटा इनार, पाँचवटा पानीका ट्याङ्की, सातवटा मानवीय गोदाम, तीनवटा स्वास्थ्य केन्द्रलगायत आवश्यक संरचना रहेका छन् ।

ओसीएचएले इजरायली पक्षले उक्त निषेधित क्षेत्रहरूमा कार्यरत राहतकर्मीहरूलाई आफ्नो गतिविधि अघि समन्वय गर्नुपर्ने अनिवार्यता राखेको जनाएको छ । हाल गाजामा खाद्यान्न सङ्कट गहिरिँदै गएको र प्रत्येक पाँचजनामध्ये एकजनासम्म भोकमरीको उच्च जोखिममा रहेका छन् ।

“जीवनरक्षक सामग्री र सहायता बोकेको कुनै पनि मालबाहक सवारी साधनलाई प्रवेश गर्न नदिएको इजरायली नीतिका कारण गाजामा भोक, अभाव र पीडा झनै बढ्दै गएको छ,” ओसीएचएले जनाएको छ । “संयुक्त राष्ट्रसंघ र यससँग आबद्ध संस्थाहरूले करिब नौ हजार ट्रक सामग्री तयारी अवस्थामा राखेका छन्, जसमा करिब आधा खाद्यान्न सामग्री समावेश छन् ।”

इजरायली सहमतिमा विदेशी संस्थामार्फत् राहत वितरणको प्रयास भए तापनि, संयुक्त राष्ट्रसङ्घले निष्पक्ष र प्रभावकारी ढंगले राहत वितरण गर्न सक्ने पूर्वयोजना बनाइसकेको जनाएको छ ।मार्च २ देखि इजरायलले लगाएको सम्पूर्ण रोक हटाउनुपर्ने माग गर्दै ओसीएचएले हमासले सहायता सामग्री कब्जा गर्ने भनाइ अस्वीकार गरेको छ ।

यसैबीच, देइर अल बला क्षेत्रको नुसेरातमा रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी विद्यालयमाथि इजरायली आक्रमण भएको जनाइएको छ, जहाँ विस्थापित नागरिकहरूले आश्रय लिएका थिए । यद्यपि, कुनै मानवीय क्षति नभएको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गाह्रो परिस्थिति हुँदाहुँदै खान युनिसस्थित युरोपेली अस्पतालबाट दुई सय चौरासी जना बिरामी र तिनीहरूका अभिभावकलाई युरोप र संयुक्त अरब इमिरेट्समा सार्न सफल भएको जानकारी दिएको छ । अस्पताललाई त्यसको अघिल्लो दिन दुईपटक आक्रमण गरिएको थियो ।

पश्चिम तटमा पनि जनधनको क्षति, घरको विध्वंस र नागरिक विस्थापनका घटना निरन्तर भइरहेका छन् । तुलकरम र नूर शम्स शरणार्थी शिविरमा एक सयभन्दा बढी संरचना भत्काइएको र जनिनमा चालीस हजारभन्दा बढी नागरिक अझै विस्थापित रहेको ओसीएचएले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ९ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित