मिरुना ग्रामीण महिलाको भूमिकामा बढी किन, बोल्ड पात्रको प्रस्ताव आउँदैन ? « Khabarhub

मिरुना ग्रामीण महिलाको भूमिकामा बढी किन, बोल्ड पात्रको प्रस्ताव आउँदैन ?


२ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका मिरुना मगर अहिले सर्वाधिक व्यस्त नायिकाको सूचीमा अटाउँछिन् । उनको हातमा फिल्मको कमी छैन । व्यस्तताले ‘महाभोज’ का लागि मिरुनाले समय दिन नसकेकाले उनले उक्त फिल्म छाडेको चर्चासमेत केही समयअघि चलेको थियो ।

अहिले उनी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनरत छ । दोस्रो सातामा प्रदर्शनरत यस फिल्मको पहिलो साताकै ग्रस कलेक्सनले हिटको सूचीमा परेको छ ।

मिरुना अहिले ‘जारी–२’ को छायाङ्कनमा व्यस्त छिन् । उनको अभिनय रहेको फिल्म ‘कुस्ती’ र ‘जनै हराएको बाहुन’ को छायाङ्कन सम्पन्न भइसेकेको छ ।यहीबाट थाहा हुन्छ मिरुनाको व्यस्तता कस्तो छ भनेर ! तर, उनी फिल्ममा ग्रामीण महिलाको भूमिकामा बढी देखिन्छिन् । गत वर्ष प्रदर्शनमा आएका फिल्म ‘घर ज्वाइँ’ होस् वा ‘मनसरा’ ।

प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ मा पनि उनी ग्रामीण महिलाकै भूमिकामा देखिएकी छन् । मिरुनाको सर्वाधिक हिट फिल्म ‘जारी’ मा पनि उनी ग्रामीण भूमिकामै देखिएकी थिइन् । अर्थात्, उनी बढी फिल्ममा ग्रामीण महिला बनेर चुला–चौका गर्ने भूमिकामा देखिन्छिन् ।

उनको रिल जीवन र रियल जीवन बिलकुल फरक छ । बेलायतमा हुर्के पढेकी मिरुनाले ग्रामीण महिलाको भूमिका कुशल ढङ्गले निर्वाह गर्नुलाई उनको विशेष अभिनय क्षमता हो भन्ने कोणबाट चर्चा हुने गर्छ ।

किन मिरुना ग्रामीण महिलाकै भूमिकामा देखिन्छन् त ? कथित बोल्ड भूमिकामा उनी किन देखिन्नन् ? कि उनलाई बोल्ड पात्रका लागि प्रस्ताव नै आउँदैन ? मिरुनाले भने सहरिया युवती, निश्चित पहिरन र जीउडाल प्रदर्शन गर्ने पात्र मात्रै ‘बोल्ड’ नहुने तर्क गर्छिन् । फिल्म क्षेत्रमा रहेको बोल्डको पारम्पारिक परिभाषा नै अपूर्ण रहेको उनको बुझाइ छ ।

उनी थप्छिन्, ‘निश्चित पहिरनमा हुर्किएका महिला मात्रै बोल्ड हुँदैनन् । व्यक्तित्व बोल्ड हुन्छ । हाम्रो क्षेत्रमा बोल्डको परिभाषा नै अपूर्ण छ जस्तो लाग्छ ।’ ग्रामीण र शहरीया महिलाभन्दा फिल्ममा आफूलाई प्रस्ताव गरिएको पात्रले पार्ने प्रभावबारे विचार गरेर अनुबन्ध हुने गरेको उनी बताउँछिन् ।

भन्छिन्, ‘म मलाई प्रस्ताव आएको पात्रलाई कसरी फिल्ममा देखाइन्छ भन्ने कुरालाई मात्रै ध्यान दिन्छु । आम मानिसले बोल्ड मान्ने पात्रका लागि प्रस्ताव नआउने होइन । तर, फिल्ममा ती पात्रले कस्तो प्रभाव पार्छ त्यसमा मेरो ध्यान केन्द्रित हुन्छ ।’

उनी आफ्नो रियल र रिल जीवनलाई जोडेर ‘बोल्ड क्यारेक्टर’ बारे उदाहरण दिन्छिन् । भन्छिन्, ‘मैले जारीमा हाङमा, घर ज्वाइँमा विञ्जुरी, ऊनको स्वीटरमा फूल पात्र निर्वाह गरेको छु । उनीहरू ग्रामीण भेगका महिला हुन् । तर, ती पात्रहरूले लिएको निर्णय यति बोल्ड छ कि– म बेलायतमा हुर्किएको भए पनि ती पात्रले लिएको जस्तो बोल्ड निर्णय लिन सक्दिनँ ।’

प्रभावशाली भूमिका खोज्दा आफूले ग्रामीण महिलाको भूमिका निर्वाह गर्दै आएको उनले बताइन् । उनी थप्छिन्, ‘मैले ग्रामीण पात्रहरू चयन गरेको भन्दा पनि । मेकरहरूले आफ्नो कथा भन्नका लागि चाहिने पात्रका लागि मलाई चयन गर्नुभएको हो ।’

ग्रामीण महिलाहरूलाई नै फिल्ममा परिवेश अनुसारको बोल्ड देखाइने अभ्यासप्रति आफू खुसी रहेको उनी सुनाउँछिन् ।बोल्डको कथित पारम्पारिक भाष्य परिवर्तन गर्ने सोचले आफूले ग्रामीण महिलाको भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ६ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित