भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइँदै, धार्मिक र साहसिक पर्यटन प्रवर्द्धनमा जोड « Khabarhub

भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइँदै, धार्मिक र साहसिक पर्यटन प्रवर्द्धनमा जोड


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि सीमापार आवागमनलाई सहज बनाउने विभिन्न प्रयासहरू भइरहेको जनाएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिभल’ अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरण: धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धन’ शीर्षकको सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भारतीय पर्यटकहरूको आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी
गराएका छन् ।

बोर्डका वरिष्ठ निर्देशक ऐरले भने, ‘हामीले भारतीय पर्यटकहरुको आवागमन सहजतामा विभिन्न प्रयासहरू गरिरहेका छौं । यसका साथै धार्मिक तथा साहसिक पर्यटनलाई समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारकाकामहरु पनि भइरहेका छन् ।’

भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले बोर्डले सीमा पार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ ।कार्यक्रममा बोर्डको तर्फबाट वरिष्ठ निर्देशक ऐयर र वरिष्ठ अधिकृत सागर उपाध्यायले प्रतिनिधित्व गरेका थिए ।

नेपाल र भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले वर्षको अन्तिम साता एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज र नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्‌घाटन भारतका संस्कृति मन्त्री माननीय गजेन्द्र सिंह शेखावत, नेपालका कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अजय चौधरी, र भारतका लागि नेपालका राजदूत डा। शंकर प्रसाद शर्माले संयुक्त रूपमा गरेका हुन् ।

तीन दिनसम्म चलेको कार्यक्रममा नेपाल-भारत सम्बन्ध, व्यापार सहकार्य तथा पर्यटनको भविष्य सम्बन्धी विविध समसामयिक विषयमा बहस तथा गोष्ठीहरू आयोजना गरिएको थियो।

उक्त सत्रमा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल, भारतको पर्यटन मन्त्रालयका उपमहानिर्देशक डा। आर। के। सुमन, गोल्डेन एपका अध्यक्ष नीरज साहदेव, एभरेष्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बराल, तथा धुलिखेल माउन्टेन रिसोर्टकी प्रमुख कार्यकारी अधिकृत लीना खड्का श्रेष्ठको  सहभागिता रहेको थियो । चर्चित भारतीय पर्यटन विज्ञ डा. सुभाष गोयलले सत्र सञ्चालन गरेका थिए ।

नेपाल पर्यटन बोर्डको प्रदर्शनी कक्ष (पवेलियन) ले नेपाली संस्कृति, प्रकृति, साहसिक यात्रा, आध्यात्मिक तथा वेलनेस पर्यटनजस्ता विषयवस्तुहरू प्रस्तुत गरेको थियो । स्टलमार्फत् विभिन्न प्रचार सामग्री, जानकारीमूलक पुस्तिका, तथा नेपाली पहिचान झल्काउने सामग्रीहरू वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली परिकारहरूको प्रदर्शनीले भारतका आगन्तुकहरूलाई नेपालको स्वाद चाख्ने अवसर प्रदान गरेको थियो । साथै, नेपाली हस्तकला र स्थानीय उत्पादनहरूको प्रदर्शनीले नेपालको समृद्ध हस्तकला परम्परा उजागर गर्‍यो। यस किसिमका कार्यक्रममा दुई देशको संस्कृति र गन्तव्यहरुको प्रदर्शनीले दुई देशबीचको आपसी मित्रता र सांस्कृतिक आदानप्रदानलाई थप बलियो बनाउने बोर्डको विश्‍वास छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित