ओली समूहले रातभरमा पनि टुंग्याउन सकेन महासचिवको उम्मेदवार: के गर्दैछ पोखरेल समूह ? « Khabarhub

ओली समूहले रातभरमा पनि टुंग्याउन सकेन महासचिवको उम्मेदवार: के गर्दैछ पोखरेल समूह ?

ईश्वर प्यालनबाट महासचिवमा सुरेन्द्र पाण्डे फाइनल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानललाई महासचिवको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ ।

उम्मेदवारी मनोनयनको समय नजिकिँदा पनि ओली समूहले आफ्नो प्यानल टुङ्गो लगाउन सकेको छैन। ओलीले प्यानल सार्वजनिक नगरेसम्म ईश्वर पोखरेल समूहले पनि प्यानल सार्वजनिक नगर्ने तयारी गरेका छन्।

विशेषत अन्य पदमा त्यति धेरै समस्या नभए पनि ओलीको समूहमा महासचिव पदमा ठूलो टकराव देखिएको छ। उपाध्यक्ष विष्णु पौडेल र अहिलेका महासचिव शंकर पोखरेलबीच मतभेद पर्दा यो समूहमा तीनजना महासचिवका आकांक्षी पुरानै अडानमा छ्न्।

उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले महासचिवको दरिलो आकांक्षा राख्दा वर्तमान महासचिव शंकर पोखरेल पनि सोही पदमा दोहोरिने तयारी गरिरहेका छन्। तर पोखरेल महासचिवमा पुन दोहोरिने भए प्यानल नै छोडेर जाने चुनौती विष्णु पौडेलले दिइरहेका छन्। उनले सहमतिको बिन्दु प्रदीप ज्ञवाली रहेको नभए पृथ्वी सुब्बा गुरुङलाई नै महासचिव बनाउनुपर्ने अडान कायम राखेका छन्।

महाधिवेशन बन्दसत्रमा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ।

वैचारिक र भूगोल समस्याका कारण शंकर र विष्णुको सम्बन्ध राम्रो छैन। पौडेलले प्रदिप ज्ञवाली महासचिव नभएको खण्डमा आफू ओली प्यानलमा नरहने समेत संकेत दिइसकेको नेताहरूको दाबी छ ।

‘रातभर नसुतिकन काम गर्यौ तर महासचिवको उम्मेदवार को हो भन्ने विषयमा टुङ्गो लागेको छैन। महासचिव मिलाउन नसकेपछि अन्य पदमा पनि समस्या देखिएको छ । उम्मेदवारी कसले कुन पदमा दिने भन्ने नै निर्णय भएको छैन’, ओली समूहका एक नेताले खबरहबलाई भने, ‘अध्यक्षज्यूले शंकर कमरेडलाई नै महासचिवमा अगाडि सार्न खोज्नुभएको तर विष्णु कमरेडले मान्नुभएन । उहाँलाई अगाडि सार्दा प्रदिप ज्ञवालीले आफू केन्द्रीय सदस्यमा मात्रै रहने भनेपछि उहाँलाई समस्या भएको देखिन्छ। बरु पृथ्वी कमरेड त उपाध्यक्षमा पनि जान तयार हुनुहुन्छ तर प्रदिप कमरेड र शंकर कमरेडबीच महासचिव नछोड्ने अडानले समस्या भएको छ ।’

नेताका अनुसार ओलीले रातभर छुट्टाछुट्टै र सामूहिक छलफल समेत गरेका थिए। त्यस क्रममा ओलीलाई प्रदीप ज्ञवालीले आफू महासचिव नबनाउने भए उपाध्यक्ष पनि नबन्ने र केन्द्रीय सदस्यमा मात्रै रहन सक्ने संकेत दिए ।

‘मेरो आवश्यकता अहिले महासचिवमा छैन भने म केन्द्रीय सदस्य मात्रै भएर काम गर्न सक्छु’, ज्ञवालीले ओलीलाई भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘पार्टीको सांगठनिक हिसाबले वैचारिक हिसाबले र विभिन्न सहमतिका कुरामा मैले अग्रपङ्तिमा यहाँहरुलाई साथ दिएकै हो। सरकार गठनका हिसाबले होस् या कांग्रेस एमाले गठबन्धन निर्माणका हिसाबले मैले जटिल परिस्थितिमा यहाँलाई साथ दिँदै नै आएको छु । अहिले पनि साथ उत्तिकै दिन्छु। तर यहाँले भनेको जस्तै म उपाध्यक्ष हुन्न । अथवा उपमहासचिवमा पुनः दोहोरिन चाहन्न । बरु म केन्द्रीय सदस्य भएरै काम गर्छु, भन्नुभएको छ ।’

यता महासचिव शंकर पोखरेलले भने प्रदिपलाई महासचिव बनाएको खण्डमा पार्टी संगठनलाई घाटा लाग्ने र ओलीको पक्षमा दरिलो साथ नदिने भन्दै आफूलाई नै महासचिव दोहोर्‍याउनुपर्ने अडान राखेका छन्। उनले १२ औं महाधिवेशनमा प्रदीपलाई महासचिव बनाएको खण्डमा विष्णु पौडेल समूहले ओली समूहलाई विस्थापित गर्नेसम्मको सूचना दिएका छन्।

स्रोतका अनुसार विष्णु पौडेलले ज्ञवालीलाई महासचिव बनाएर आगामी १२ महाधिवेशनमा ओली समूहलाई विस्थापित गर्न लागेको बुझिन्छ। एमाले ओली समूहका वैचारिक र संगठन बुझेका पौडेल ओलीको एकात्मकता शैलीप्रति पार्टीभित्र प्रश्न उठाउँदै आएका छन्। यता पोखराले भने ओलीले जे भने त्यही मान्ने अवस्था रहेकाले अहिलेको अवस्थामा ओलीले शंकरलाई नै महासचिव दोहोर्याउन चाहेको बुझिन्छ।

‘महासचिवमा शंकरकै नाम पढ्नुहुन्छ होला जस्तो लागेको छ । यदि उहाँको शंकर कमरेडकै नाम पढ्नुभएको खण्डमा हाम्रो प्यानलले महासचिव जित्दैन’, ओली समूहका एक नेताले भने, ‘ओली समूहकै नेता भएपनि प्रदिप कमरेडलाई वैचारिक रूपले धेरैले राम्रो मान्छन् । शङ्करको भन्दा चाम प्रदिपको देखिन्छ। तर अध्यक्षज्यूले शंकरलाई रुचाउनु भएको छ ।’

ओलीलाई कुनैकुनै नेताले शंकर पोखरेल महासचिव दोहोरिएको खण्डमा निर्वाचन नजित्ने समेत सूचना दिएका छन्। शंकरको छवि प्रदीपको जति उच्च नरहेकाले शंकरलाई कुनै पनि हालतमा महाधिवेशनबाट पुन महासचिवमा ओली पक्षकै नेताले भोट नहाल्ने समेत ओलीलाई सूचना पुगेको छ।

ईश्वर टिमबाट सुरेन्द्र पाण्डे महासचिवमा फाइनल
यता ईश्वर पोखरेल टिमबाट महासचिवमा सुरेन्द्र पाण्डे फाइनल भएका छन्। योगेश भट्टराईलाई उप महासचिवमै पठाएर पाण्डे महासचिव बन्ने कुरा लगभग निश्चित भएको भट्टराई निकट सचिवालयले बताएको छ। ‘अहिलेको जटिल परिस्थितिमा मिलन बिन्दुमा गएर काम गर्ने कुराले योगेशलाई पछि हट्नुभएको हो। योगेश दाइ स्ट्रङ्ग हुँदाहुँदै पनि अझ सुरेन्द्र कमरेड स्ट्रङ देखिनुभएको छ’, पोखरेल समूहका एक नेताले भने, ‘हामीले सर्वसम्मत रूपमै सुरेन्द्र कमरेडलाई महासचिवमा पठाएको हो, गोकर्ण कमरेड उपाध्यक्षमा जानुहुन्छ।’

निर्वाचन आयोगका अनुसार उम्मेदवार दिनका लागि आज १ः३० बजेको समय तोकिएको छ । दुवै समूहले नाम फाइनल गरेको छैन । ओली समूहले आफ्ना प्यानलको नाम फाइनल नगरेका कारण ईश्वर समूहले पनि ओली पक्षका असन्तुष्ट नेता तान्नका लागि बाटो हेरिरहेको छ ।

पोखरेल समूहले भने युवालाई आफ्नो प्यानलमा समावेश गर्ने उद्देश्य राखेको छ। दाबी गरिए अनुसार पोखरेल समूहबाट सचिवमा युवा गोकुल बास्कोटा, नेता ठाकुर गैरे, रचना खड्का लगायतलाई समावेश हुनेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित