सभामुखको छलफलमा दलहरूको निष्कर्ष : संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक « Khabarhub

सभामुखको छलफलमा दलहरूको निष्कर्ष : संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले आयोजना गरेको छलफलमा दलहरूले गत भदौ २७ गते भएको संसद् विघटनलाई असंवैधानिक भनेका छन् ।

नेकपा (एमाले) का नेता महेश बर्तौलाले संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक रहेको कुरामा सबै दलहरूको साझा मत बनेको बताएका छन् ।

सभामुख घिमिरेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले नेता बर्तौलाले षड्यन्त्रपूर्वक संसद् विघटन भएकोमा सबै दलहरूको साझा मत रहेको बताएका हुन् ।

‘अहिलेको विकसित राजनीतिक घटनाक्रम, विशेषगरी संसद् विघटन भइसकेपछिका परिस्थितिका बारेमा हामीहरुका बीचमा छलफल भयो’, उनले भने, ‘सबै दलहरुले आजको बैठकका संसद् विघटन असाध्यै अलोकतान्त्रिक, असंसदीय क्रियाकलाप हो र संसद्लाई कायम राखेर सबै प्रकारका समस्याहरुको हल दिन सकिने अवस्था हुँदाहुँदै षड्यन्त्रको कारणले गर्दा यो अन्त्य भयो भन्ने हामी सबै दलहरुको साझा मत भयो ।’

नेता बर्तौलाले अहिलेको संसद् विघटन अलोकतान्त्रिक छ र असंसदीय रहेको र यसको पुनर्स्थापना हुनु जरुरी रहेको बताएका छन् ।

यसका लागि यो व्यवस्था र संविधान मान्ने सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु आजको आवश्यकता रहेको उनले बताए ।

सभामुख घिमिरेले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीका नेता बैठकमा सहभागी छन्। सभामुखले प्रमुख १० दललाई बैठकमा बोलाएका थिए।

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट परिसकेको छ।

संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन्। अब अगाडि बढ्ने योजना बनाउन उनले बैठक बोलाएको बताइएको छ।

बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरूसँग राय माग्ने बताइएको छ। बुधबार दलसँग छलफल गर्न लागेका सभामुखले बिहीबार कानुन व्यवसायीहरूसँग परामर्श गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद् सदस्य नरहेकी सुशीला कार्कीलाई भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटन दुवै असंवैधानिक रहेको भन्दै कानून व्यवसायीहरूले मंगलबार सर्वोच्चमा १० वटा दायर गरेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १२ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित