घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी « Khabarhub

घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दीपुर– पहिलाको रिखा गाउँकाका अधिकांश महिला खेतीपातीमा रमाउँथे । महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्थे । तर पछिल्लो समय होमस्टे (घरबास) सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका-५ मा रहेको कोरिखा सामुदायिक घरबास विसं २०७५ देखि सञ्चालनमा आएको हो । सुरुआतमा गाउँका २४ मध्ये ११ परिवारको सहभागितामा सञ्चालनमा ल्याइएको घरबास अहिले विस्तार हुँदै गएको छ । 

सामुदायिक घरबासको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको जनाउँदै घरबासकी अध्यक्ष सावित्री गुरुङले ५० जना पाहुना सहजै बस्न मिल्ने गरी संरचना बनाइएको बताइन् । 

गाउँमा रोजगारीको अभावका कारण युवा वैदेशिक रोजगारीमा जान बाध्य भएका उल्लेख गर्दै उनले भनिन्, ‘युवालाई गाउँमै रोक्न सकियोस् भन्ने उद्देश्यले आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचबाट होमस्टे सुरु गरेका हौँ ।’

बन्दीपुर-५ को कोरिखा क्षेत्रमा घरबास सञ्चालन गरिरहेकी सोममाया गुरुङले भनिन्, ‘पहिला घरधन्दा र खेतीपातीमै समय बित्थ्यो । होमस्टे सुरु भएपछि पाहुनालाई सेवा दिन पाउँदा सानो भए पनि आम्दानीको बाटो खुलेको छ । आफ्नै घरबाट आम्दानी हुन थालेपछि आत्मविश्वास पनि बढेको छ ।’

घरबास सञ्चालक चिनिमाया गुरुङले आम्दानीको स्रोत स्थापित हुँदै गएपछि आत्मविश्वास बढ्नुका साथै गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाएको बताइन् । कम आम्दानी भए पनि घरखर्च चलाउन सहज भएको उनको भनाइ छ । पाहुनासँग घुलमिल हुँदा हाम्रो संस्कृति, कला, परम्पराका चिनाउन पाउँदा खुसी लाग्ने उनको अनुभव छ ।

घरबासमा आउने पाहुनालाई बेलुकाको खाजा, खाना र बास तथा बिहानको खाजासहित प्रतिव्यक्ति रु ८०० को एकमुष्ट योजना (प्याकेज) उपलब्ध गराउने गरिएको चिनिमायाले जानकारी दिइन्  । 

‘यहाँ विशेषगरी स्थानीयस्तरमा उत्पादित ढिँडो, लोकल कुखुरा, खसी तथा बोकाको मासु, कोदोको रोटी र मह खुवाउने गरिन्छ । साथै स्थानीय संस्कृति झल्कने कौरा, चुड्का र घाटु नृत्यसमेत प्रस्तुत गरिन्छ’, उनले भनिन् ।

पर्यटन पहुँचका हिसाबले पनि कोरिखा सहज स्थानमा पर्दछ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पाबाट करिब छ किलोमिटर दूरीमा रहेको कोरिखा सवारीसाधनबाट करिब १५ मिनेटमा पुग्न सकिन्छ । त्यस्तै, डुम्रेबाट बन्दीपुर हुँदै वा बन्दीपुर बजारबाट बाहुन भञ्ज्याङ पार गरी करिब १५ मिनेटको सवारीयात्रामा कोरिखा पुग्न सकिन्छ । रासस
 

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित